छालाको मुसो, टाउको दुखेको , खोकी लागेको ठीक गर्नुका साथै, जानौँ पानका अन्य १० फाइदाहरु
बिहिबार, २२ भदौ २०७४

सर्वप्रथम यो बताउनु जरुरी हुन्छ कि ‘पान’ आफैमा सूर्तीजन्य पदार्थ होइन, यो कुनै लागूपदार्थ पनि होइन। प्राचीन समयमा खाना पचाउनको लागि ‘पानको पात’ चपाइने गरिन्थ्यो। तर समयसँगै यसको प्रयोग विधिमा परिवर्तन हुँदै आएको हो।
आजभोली मानिसहरू पानमा तम्बाकू, चूना, सुपारी, गुल तथा अन्य कैयौँ नशालु पदार्थहरू हालेर खाने गर्छन्। तर यसले पानको गुणलाई पूर्णरूपमा नष्ट गरी बेफाइदा मात्र दिने गर्दछ। त्यसैले मीठा पान अथवा त्यसको साथ ल्वाङ्ग र इलाइची राखेर सेवन गर्नु स्वास्थ्यको लागि फाइदाजनक हुन्छ।
प्राय जसो मानिसहरू साथी भाइसँग बाटोमा हिँड्दा रमाइलोको लागि अनि कसैले ‘चाखौँ न त’ भन्ने धारणाले पान चपाउने गर्छन्। तर यो पनि जान्नु आवश्यक हुन्छ कि पानमा क्याल्सियम र एण्टिअक्सिडेण्ट लगायत अन्य कैयौँ स्वास्थ्यवर्द्धक पदार्थहरू पाइन्छन्, जसले हाम्रो स्वास्थ्य समस्याहरूलाई समाधान गर्न मद्दत गर्दछ।
त्यसैले जानौँ पान (मीठा पान) खानुका स्वास्थ्य फाइदाहरू:-
१. स्वस्थ छाला– पानको पातमा एण्टिअक्सिडेण्ट भरपूर मात्रामा पाइन्छ, त्यसैले दैनिक पानको सेवन गर्नाले उमेरको असर र छालाको समस्यालाई कम गर्दै लैजान्छ।
(लसुन खानुका यस्ता छन् फाइदा)
२. पाचनप्रक्रियामा सुधार– खाना खाइसकेको आधा घण्टापछि पान खानाले राल बनाउने ग्रन्थि (Salivary Gland) सक्रिय हुन्छ र खाना पचाउनमा मद्दत गर्दछ।
(टुसा उमारेर गेडागुडी खानुका ७ लाभ)
३. कब्जियतबाट राहत– आधा भाग कागतीको रसमा पानको पातको रस मिसाएर पिउनाले कब्जियतको पीडाबाट तुरुन्तै छुट्कारा पाउन सकिन्छ।
(उच्च रक्तचाप र मुटुरोगबाट जोगिन ‘ड्यास भोजन’ शैली)
४. गिँजाको दुखाई– पानको एण्टिब्याक्टेरियल गुणले गिँजाको दुखाईबाट राहत दिई दाँतमा लागेको कीरालाई समेत नष्ट गर्न मद्दत गर्दछ।
(फर्सीको मुन्टामा हुन्छ यस्ता अनेकौ गुण : जानी राखौ के- के कुरामा फाइदा गर्छ)
५. माइग्रेन (टाउकोको अधिक दुखाई)– टाउको दुख्ने समस्याबाट पीडित हुनुहुन्छ भने पान चपाउने गर्नुहोस्। अथवा पानको पातलाई पिसेर त्यसको लेदो टाउकोमा लगाउनुहोस् र सुकिसकेपछि चिसो पानीले पखाल्नुहोस्। यसले टाउकोको दुखाईबाट राहत प्रदान गर्दछ।
६. घाँटीमा कम जमेको– एक चम्चा महमा एक चम्चा पानको रस मिसाएर पिउनाले घाँटीमा जमेको कफलाई हटाउन मद्दत पुग्दछ।
७. खोकीबाट राहत– पानको पातमा ल्वाङ्ग राखेर चपाउनाले खोकीको खसखसबाट आराम पाउन सकिन्छ।
८. छालाको मुसो– शरीरको कुनै पनि भागको छालामा आएको मुसोको टुक्रामा पानको रस दैनिक लगाउनाले बिस्तारै त्यो मुसो हराउँदै जान्छ।
९. मधुमेह– पानको पातमा एण्टि-डायबेटिक विशेषता हुन्छ, जसले रगतमा सुगरको मात्रा नियन्त्रण गर्न मद्दत गर्दछ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
थप सामग्री
तामाको भाँडामा राखिएको पानी पिउनुका १० फाइदा ।
एसिडिटी, कब्जियतजस्ता पेटका समस्या भएका मानिसका लागि तामाको भाँडामा राखिएको पानी अमृतसमान...... ...
चुइगंम चपाउनुको फाइदा थाहा छ ?
ब्रिटिश वैज्ञानिकहरुद्वारा गरिएको अध्ययनमा भनिएको छ , रातिको खाना खाइसकेपछि चुइगंम चपाउनाले भोजन नली (ईसोफेगस) मा भएको एसिड र अमिलो...
औषधि कम्पनीबाट फाइदा लिने चिकित्सकमाथि कारवाही गरिने
नेपाल मेडिकल काउन्सिलले शैक्षिक उद्देश्य बाहेक चिकित्सकले औषधि कम्पनीबाट अनावश्यक फाइदा लिएमा कारवाही गरिने । ...
दैनिक एउटा मात्रै ल्वाङ खानुका पनि यस्ता छन १० फाइदा - जानि राखौँ
ल्वाङमा युजेनल नामक तत्व हुन्छ, जसले धेरै प्रकारका स्वास्थ्यसम्बन्धि समस्याबाट मुक्त हुन मद्दत गर्छ। ल्वाङको असर तातो हुने भएकाले चिसो...
अदुवाको जुस पिउनुका यस्ता छन् फाइदै फाइदा !
अदुवाको सेवन स्वाथ्यका लागी वरदान नै सावित भएको तपाईहामी सबैलाई जानकारी छ । विशेषगरी अदुवा जाडो मौसममा बढी प्रयोग हुने...
हरियो घाँसमा खालि खुट्टा हिड्दा हुने फाइदा यस्ता छन्
विहान हिड्ने बानीले हाम्रो शरिर स्वस्थमात्रै राख्दैन कि यसले धेरै रोगहरु बाट पनि बचाँउछ । ...
खानै पर्दैन, छायाँमा बस्दा पनि फाइदा हुने निमका यी आठ फाइदाहरु
निम बहुउपयोगी वृक्ष हो। यसको छायाँमा बस्दा वा नजिक रहँदा मात्र पनि धेरे रोग ठीक हुन्छ। ...
त्रिफला चूर्णका फाइदा अनेक
हर्रो, बर्रो र अमला मिसाएर त्रिफला चूर्ण बनाइन्छ । पहिले तीनवटै फलको भित्री बियाँ या गेडा हटाएर सुकाउनुपर्छ त्यसपछि तीनवटैको...
खाली पेटमा मह मिसाएर दैनिक एक पोटी लसुन खानुहोस्, यी १० फाइदा हुनेछन्
मह एन्टी बायोटिक र एन्टी ब्याक्टेरियल हुन्छ भने लसुनमा एलिसिन र फाइबरजस्ता फाइदाजनक न्यूट्रियन्ट्स हुने गर्दछ । यी दुबै मिसाएर...
गुलाब जलका फाइदै फाइदा ! कसरी बनाउने ?
गुलाबको फूल जहाँपनि सजिलै फुलाउन सकिन्छ । बगैंचामा ढकमक्क फूल्ने गुलाबले घरको शोभा दिन्छ । गुलाबको फाइदा अरुपति छन् ।...
मांसहारी भर्सेस शाकाहारी : किन शाकाहार हुने, के छ फाइदा ?
खानपानको सवालमा मांसहार र शाकाहारलाई दुई कित्तामा विभाजन गरिएको छ । अक्सर स्वादका पछाडि दौडनेहरु मांसहार भोजन नै रुचाउँछन् ।...
के तपाईंलाई थाहा छ, काँचो दूधको यो फाइदा ?
सुन्दरता सबैले खोज्छन् । सुन्दर हुनका लागि मानिसले निकै पैसा खर्च गरेका कैयौं उदाहरण हाम्रो वरपर छन् । पैसाको साटो...
यो फर्मुलाले डण्डीफोर हट्नेमात्र होइन अरु पनि यस्ता फाइदा हुन्छन्
सयौं वर्षदेखि नीमलाई छालासम्बन्धी रोगको उपचारमा प्रयोग गरिँदै आइएको छ । चिकित्सकका अनुसार नीम र दहीमा एण्टिब्याक्टेरियल र एण्टिफंगल तत्वहरु...
प्रत्येक दिन एक चिम्टी सोफ खाँदा हुने ९ फाइदा जान्नुस्
सामान्यतया सुपलाई पाचन सक्रियताका लागि राम्रो मानिन्छ । तर यसबाहेक अन्य धेरै फाइदाहरु छन् । सुपमा पाइने न्युट्रिएट्सले धेरै रोगको...
के तपाईलाई थाहा छ, दाह्री पाल्नुको यी फाइदा ?
हालै गरिएको एक अध्ययनले दाह्री पाल्नु स्वास्थ्यका लागि निकै लाभदायक हुने देखाएको छ । ...
गोलभेडा खानुको १० फाइदा :
बेलायतमा हालै गरिएको एक अनुसन्धानले दैनिक गोलभेडा खाने व्यक्तिमा मुटुरोग लाग्ने सम्भावना ३० प्रतिशतले कमी हुने पाइएको छ । ...
के तपाईलाई लसुनको बेफाइदा पनि थाहा छ ? यस्ता छन् लसुनको वेफाइदा
लसुनले हाम्रो खानालाई मीठो बनाउन मात्रै होइन, यसमा पाइने धेरै किसिमका पौष्टिक तत्वहरूले हाम्रो शरीरलाई स्वस्थ बनाइराख्न पनि धेरै मद्दत...