यो फर्मुलाले डण्डीफोर हट्नेमात्र होइन अरु पनि यस्ता फाइदा हुन्छन्

बिहिबार, ०१ भदौ २०७४

 

एजेन्सी । सयौं वर्षदेखि नीमलाई छालासम्बन्धी रोगको उपचारमा प्रयोग गरिँदै आइएको छ । चिकित्सकका अनुसार नीम र दहीमा एण्टिब्याक्टेरियल र एण्टिफंगल तत्वहरु हुन्छन् । यी तत्वहरुले कैयौं छालासम्बन्धी रोगमा फाइदा पु¥याउँछन् ।

 नीम र दहीको फेसप्याक बनाएर लगाएमा छालाको लागि निकै फाइदाजनक हुन्छ । यो बनाउनको लागि २०–२५ नीमका पातहरुलाई पिसेर पेस्ट बनाउनुहोस् । पो पेस्टमा एक चम्मच दही मिसाएर राम्रोसँग मिसाउनुहोस् । यो प्याकलाई १० मिनेटसम्म छालामा लगाउनुहोस् । त्यसपछि सादा पानीले धुनुहोस् । २ हप्तासम्म यसो गर्नाले छालामा निकै फाइदा हुन्छ । 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको