के तपाईलाई थाहा छ, दाह्री पाल्नुको यी फाइदा ?

शनिबार, १७ भदौ २०७४

 

एजेन्सी,  हालै गरिएको एक अध्ययनले दाह्री पाल्नु स्वास्थ्यका लागि निकै लाभदायक हुने देखाएको छ ।

 

दाह्री पाल्नुका फाइदाबारे क्विन्सल्याण्ड विश्वविद्यालयमा हालै एक अनुसन्धान गरिएको थियो । उक्त अध्ययन अनुसार दाह्रीवाला मानिस पराबैजनी विकीरण वा अल्ट्रा भाइलेट रेबाट सुरक्षित हुने देखाएको थियो । दाह्रीका कारण छालाको क्यान्सर हुने सम्भावना कम हुने अनुसन्धानकर्ताबाट पुष्टि भएको छ ।

 

 

दाह्रीले पराबैजनी विकीरणबाट मानिसलाई सुरक्षित राख्ने अनुसन्धानकर्ताले बताएका छन् । यसले गर्दा छालाको क्यान्सरबाट बच्न सकिने उनीहरूको भनाई रहेको छ । साथै बुढो हुने प्रकृयालाई पनि सुस्त पार्ने बताएका छन् ।

 

त्यस्तै बाक्लो कपाल र रौं हुने मानिसलाई विकीरणको खतरा कम हुने अनुसन्धानमा बताइएको छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको