अदुवाको जुस पिउनुका यस्ता छन् फाइदै फाइदा !
मङ्गलबार, १५ चैत २०७३

अदुवाको सेवन स्वाथ्यका लागी वरदान नै सावित भएको तपाईहामी सबैलाई जानकारी छ । विशेषगरी अदुवा जाडो मौसममा बढी प्रयोग हुने बस्तु हो । अदुवामा क्याल्सियम , आइरन, कपर, जिंक लगायतका अनेकौँ तत्व पाइन्छ । जस्ले टाउको दुखाईदेखि पाउसम्मका रोगको उपचार समेत गर्छ । अदुवा थिचेर वा काटेर त तपाई हामीले सेवन गरेकै छौँ अझ यसलाई जुस बनाएर पिए थप प्रभावकारी हुन्छ।
अदुवाको जुस पिउँदा निम्न फाइदाहरु हुन्छन् :
मधुमेह नियन्त्रण
चिया गिलासको एक गिलास अदुवाको जुस पिए मात्रै पनि शरीरमा यसले ग्लूकोजको मात्रालाई कमी गराउँछ र पिडितलाई आनन्द महशुस गराउँछ । एन्टी डायबिटीजका गुण अदुवामा हुने हुँदा यसको सेवनका लागी चिकित्सकहरुले सुझाव दिँदै आएका छन् । अदुवा सुगरका बिरामीले दैनिक सेवन गरेमा सुगरको मात्रा गटाउदै लान्छ।
पाचनका लागी उत्तम
अदुवाको जुसले विभिन्न किसिमका पाचनको समस्यालाई सहज बनाउन मद्धत गर्छ । यसमा भएको तत्वले पाचन प्रक्रियामा सक्रिय भएर काम गर्छ ।
कोलोरोस्टोरको मात्रा घटाउँछ
अदुवाको जुसले शरीरमा भएको कोलोरोस्टोरको मात्रा घटाउँछ । रक्त नलीमा कुनै अवरोध भए यसले खुलाउन सहयोग गर्छ । जसमध्ये सबैभन्दा फाइदा मष्तिष्क रोगीहरुलाई पुग्छ ।
क्यान्सर रोकथाममा सहयोग
अदुवाको जुसले पहिलो चरणको क्यान्सरको रोकथाममा मद्धत पुग्छ । यसको नियमित प्रयोगले क्यान्सर रोग उत्पन्न गर्ने तत्वलाई न्यूनिकरण गरिदिन्छ ।
चिसोबाट बचाउँछ
अदुवामा पाइने एन्टी भाइरल र एन्टी फंगल गुणका कारण यस्ले चिसोमा लाग्ने एलर्जी तथा चिसोबाट लाग्ने रोग जस्तै रुघा र भाइरल लाग्नबाट बचाउँछ ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्