त्रिफला चूर्णका फाइदा अनेक

आइतबार, २८ जेठ २०७४

प्रा. डा. श्याममणि अधिकारी
नेपाल संस्कृत विश्वविद्यालय
हर्रो, बर्रो र अमला मिसाएर त्रिफला चूर्ण बनाइन्छ । पहिले तीनवटै फलको भित्री बियाँ या गेडा हटाएर सुकाउनुपर्छ त्यसपछि तीनवटैको बराबर तौल लिएर एकै ठाउँमा मिसाएर पिस्ने गरिन्छ । तीनवटै फललाई फरक–फरक पिसेर एकैठाउँमा मिसाउन पनि सकिन्छ ।

 

त्रिफलाको प्रयोग
विशेषगरी कब्जियत समस्या भएकालाई त्रिफला धेरै फलदायी हुन्छ । मधुमेह र पेटमा संक्रमण हुँदा पनि यसको प्रयोग गरिन्छ । अरुचि भएकालाई भोक जगाउन तथा अपच भएकालाई पनि पाचनक्रिया सहज बनाउन त्रिफलाले भूमिका खेल्छ । योनिबाट सेतोपानी बग्ने समस्या छ भने पनि त्रिफलाको काँडा बनाएर पिउँदा लाभ मिल्छ । घाउ–खटिरा भएको ठाउँमा पनि यसको काँडा बनाएर प्रयोग गर्न सकिन्छ ।

 

काँडा प्रयोग गर्ने तरिका

  • त्रिफलाको काँडा बनाउँदा ३ देखि ६ ग्राम त्रिफलामा १६ गुणा बढी पानी उमालेर आधा बनाउने र दैनिक दुईदेखि तीनपटकसम्म संक्रमित ठाउँमा धुँदा निको हुन्छ ।
  • तयार पारिएको काँडा बिहान चियाको रूपमा सेवन गर्न पनि सकिन्छ । मुखमा फोहोरका कारण घाउ उत्रिएको छ भने त्रिफलाको काडाले कुल्ला गर्दा निको हुन्छ ।
  • कब्जियत भएको छ भने ३ देखि ६ ग्राम दिनमा दुईदेखि तीनपटक सेवन गर्दा राम्रो हुन्छ । कब्जियत बढी नै छ भने चिकित्सकको निगरानीमा १० ग्रामसम्म सेवन गर्न सकिन्छ ।
  • आँखाको दृष्टिशक्ति बढाउन बेलुका सुत्ने वेलामा दुई चम्चा मह र घिउमा १–२ ग्राम त्रिफला चूर्ण मिसाएर खाँदा राम्रो हुन्छ । यसरी मह र घिउसँग खाँदा यी दुई चिज कहिल्यै पनि बराबर पार्नुहुँदैन । पातलो व्यक्तिले गर्मी मौसममा सेवन गर्दा मह कम गर्नुपर्छ भने घिउको मात्रा बढाउनुपर्छ । बलियो व्यक्तिले जाडो समयमा सेवन गर्दा भने घिउ कम र मह बढी राख्नुपर्छ ।
  • कपाल फुलेको छ या चायाले सताएको छ भने त्रिफला चूर्णले धुँदा राम्रो गर्छ ।
  • त्रिफला अन्य औषधिमा पनि मिसाएर बनाइएको हुन्छ । यसले अन्य औषधिलाई शरीरमा लाग्न दिन पनि मद्दत गर्छ । अरू औषधि खाएपछि यो खाने गरिन्छ । त्यसैले यसलाई अनुपान पनि भनिन्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको