के तपाईलाई लसुनको बेफाइदा पनि थाहा छ ? यस्ता छन् लसुनको वेफाइदा

बुधबार, २१ भदौ २०७४

 

लसुनले हाम्रो खानालाई मीठो बनाउन मात्रै होइन, यसमा पाइने धेरै किसिमका पौष्टिक तत्वहरूले हाम्रो शरीरलाई स्वस्थ बनाइराख्न पनि धेरै मद्दत गर्दछ। लसुन नियमित खानाले स्वास्थ्यमा सुधार आउने र  केही खतरनाक शारीरिक समस्या र रोगहरूबाट पनि बच्न  सकिन्छ । लसुनले सवै मानिसलाई राम्रो गर्छ भन्ने छैन लसुन को प्रयोग गर्दा आप्नो स्वस्थ्य अवस्थाका विषयमा जानकार हुनु जरुर छ ।

 

लसुनको सेवन गर्दा ध्यान दिनु पर्ने व्याक्तिहरु यस्ता छन् ।

  • कलेजोको समस्या भएको व्यक्ति  : ब्याक्टेरियालाई मार्ने एन्टिब्याक्टेरियल र एन्टिभाइरल खानेकुरा भएकोले, मानिसहरूले लसुन खाँदा हेपाटाइटिसलाई ठीक गर्दछ भन्ने विश्वास गर्दछन्।हेपाटाइटिस यस्तो रोग हो, जसले मानिसको कलेजोलाई असर गर्दछ। तर, हेपाटाइटिस भाइरसको उपचारको लागि लसुन खानु उचित हुँदैन। किनभने, लसुनको सेवनले पेट र आन्द्रामा प्रत्यक्ष प्रभाव पर्दछ, जसले हाम्रो आन्द्रामा पैदा हुने ग्यास्ट्रिक एसिडको मात्रा लाई कम गर्दछ। जसको कारण हाम्रो पाचन प्रणालीमा नकारात्मक असर पर्दछ। यसले बान्ता हुने, रिङ्गटा लाग्ने जस्ता लक्षणहरू निम्त्याउँदछ। त्यसैले हेपाटाइटिस हुनेहरूले लसुनको सेवन नगर्नुहोस्। 

 

 

याे पनि पढ्नुहाेसः २४ घण्टा भित्र अप्रेशन गर्नुपर्छ एपेन्डिसाइटीसमा (लक्षणसहित)

 

 

 

 

 

 

  • सर्जरी गर्न लागेको व्यक्ति:  कुनै पनि किसिमको सर्जरी गर्नुभन्दा २ हप्ता अगाडि देखि लसुन खान छोड्नुपर्दछ। किनभने, लसुनले गर्दा सर्जरी पछि रगत नजम्ने हुन्छ र घाउ बिस्तारै पाकेर सङ्क्रमित हुने गर्दछ। 
  •  कम रक्तचाप भएको व्यक्ति :स्लसुनको सेवनले शरीरमा नाइट्रिक अक्साइड र हाइड्रोजन सल्फाइड जस्ता रसायनहरूको निर्माणमा मद्दत पुर्याउँदछ। यी रसायनहरूले मुटुको धमनीहरूलाई आराम दिने गर्दछन्। उच्च रक्तचाप हुनेहरूको लागि लसुन फाइदाजनक हुन्छ तर कम रक्तचाप हुनेहरूको लागि भने लसुनको सेवन खतरनाक हुन जान्छ
  • झाडापखाला लागेको व्यक्ति: झाडापखालाले ग्रसित भएको व्यक्तिले लसुनको सेवन गरेमा, यसको पीरो स्वादले आन्द्रालाई नकारात्मक असर पुर्याउँदछ, जसको कारण आन्द्रामा घाउ हुन जान्छ र यस्तो अवस्थालाई ‘इन्टेस्टाइनल म्युकोसल हाइपरिमिया’ भनिन्छ। यस्तो अवस्था हुँदा, दिशा गर्दा कडा पेट दुख्ने, दिशामा रगत देखिने, रिङ्गटा लाग्ने र बान्ता हुने जस्ता लक्षणहरू देखा पर्दछन्। त्यसैले, झाडापखाला लाग्दा लसुनको सेवन नगर्नुहोस्। 

 

याे पनि पढ्नुहाेसः लसुन खानुका यस्ता छन् फाइदा

 

 

  • आँखा रोग भएको व्यक्ति : आँखा रोगीहरूले लसुनको सेवन गर्नुहुँदैन। विशेष गरी आँखा पाकेको व्यक्तिलाई लसुनले हानी पुर्याउने गर्दछ, साथै आँखाबाट रगत पनि निकाल्न सक्दछ। आँखा रोगीहरूले लसुनको सेवन गरेमा आँखामा बादल लागेजस्तो हुने, आँखा दुख्ने, टाउको दुख्ने, स्मरण शक्ति घट्दै जाने जस्ता लक्षणहरू देखा पर्दछन्।
    त्यसैले, यदि तपाईँ पनि यी ५ किसिमका व्यक्तिहरूमा पर्नुहुन्छ भने आजैदेखि लसुनको सेवन गर्न छोडिदिनुहोस्।साधारण स्वास्थ्य स्थिती भएका व्यक्तिहरूको लागि लसुन फाइदाजनक भएपनि, माथिका ५ किसिमका मानिसहरूको लागि लसुन खतरनाक हुन सक्छ। तर यदि गल्तीले लसुनको सेवन गर्नुभयो र समस्या आउन थाल्यो भने तुरुन्तै स्वास्थ्य चौकी जानुहोस् र उपचार गराउनुहोस्। 

 

      लसुनको फाईदा यस्ता छन् ।

  • लसुनमा पाइने तत्वले उच्च रक्तचापलाई सन्तुलनमा राख्न, मुटुसम्बन्धी समस्याबाट जोगाउन मद्दत पुयाउँछ । सबेरै लसुन खानाले कलेजो र पिसाबथैली शुद्ध रहन्छन् । लसुनले आन्द्रा सफा राख्न मद्दत पुयाउँछ ।

 

  • पेटसम्बन्धी समस्या भएकाहरूका लागि खाली पेटमा लसुन खानु अत्यन्तै उपयोगी हुन्छ । यसो गर्नाले पाचनक्रिया बलियो हुन्छ र अरुचि हट्छ ।

 

  • पेटमा हुने एसिड उत्पादन पनि लसुनले बन्द गरिदिन्छ । डायबेटिजग्रस्त मानिसले खाली पेटमा लसुन खानाले रगतमा सुगरको मात्रा सन्तुलनमा राख्न मद्दत मिल्छ

 

 

याे पनि पढ्नुहाेसः उच्च रक्तचाप र मुटुरोगबाट जोगिन ‘ड्यास भोजन’ शैली

 

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

थप सामग्री

कम्मर दुख्ने, अनुहारको दाग वा पोतो हटाउने अचुक ओखती कालो तिल

कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ। अनुहारमा चायाँ, पोतो वा दाग, कालो घब्वा आदि...

फोक्सो स्वस्थ राख्न खाने गर्नुहोस्

मकैमा पाइने बेटा–क्रिप्टोसान्थिन भन्ने तत्वले फोक्सोको क्यान्सर हुने सम्भावनालाई कम गर्छ । त्यसैले बेलाबेलामा ताजा मकै खाने गर्नुपर्छ । प्याजले...

दैनिक भान्सामा प्रयोग हुने मेथी अत्यन्त उपयोगी - मेथीका फाईदै फाइदा

मेथी भान्सामा नियमित प्रयोग हुने मसलारुपी खाद्य पदार्थ हो । तर सबैलाई मेथीको स्वाद मन पर्दैन । मेथीका धेरै फाइदा...

यी दिनहरुमा श्रीमान श्रीमतीसँगै नसुतेकै राम्रो

भनिन्छ महिला र पुरुष छुटिएर बस्नै सक्दैनन । तर विवाह पछि केही यस्ता दिनहरु हन्छन जसलाई स्त्री र पुरुषको समागमका...

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको