१० टिप्सः कसरी बन्ने स्मार्ट र प्रिय बुहारी ?
बुधबार, ०४ साउन २०७४

के म मेरो पति र परिवारलाई खुसी राख्न सक्छु ? अक्सर नव-दुलहीको मनमा उठ्ने प्रश्न हो यो । र, यो स्वभाविक पनि हो । जब बुहारी बनेर अर्को घरमा प्रवेश गरिन्छ, सबै कुरा नौला हुन्छन् । परिवारका सदस्य, त्यहाँको वस्तुस्थिती, परिवारको रहनसहन, बानी व्यवहार, चालचलन भिन्न हुनसक्छ । अर्थात आफु हुर्किएको पारिवारिक वातावरणसँग मेल नखान सक्छ । यस्तो अवस्थामा हरेक नव-दुलहीले आफुलाई फरक परिवेश, फरक रहनसहन, फरक व्यक्तिहरुमाझ समायोजन गर्नुपर्ने हुन्छ ।
परिवारको रहनसहन बुझेर आफुलाई त्यही अनुरुप प्रस्तुत गर्नुपर्ने हुन्छ । कतिपय बुहारी यस्ता पनि हुन्छन्, जसले परिवारले मान्दै आएको संस्कार अंगाल्न चाहँदैनन् । यसले परिवारमा कलह हुन्छ । तर, कति बुहारी यस्ता हुन्छन्, जसले परिवारलाई थप सुमधुर र बलियो बनाउने भूमिका निर्वाह गर्छन् ।
घर आफ्नै हो
नव दुलही बनेर जुन घरमा भित्रिएको हो, सुरुवाती दिनहरुमा त्यो घर बिरानो लाग्नसक्छ । त्यहाँको चालचलनमा अभ्यस्त हुन गाह्रो हुनसक्छ । यद्यपी, त्यो घरको साँचो त्यही बुहारीकै हातमा आउने हो र उनैले सम्हाल्ने हो । परिवारलाई कसरी स्वस्थ्य र खुसी राख्ने भन्ने कुरा उनैमा भर पर्छ । यहि मानसिकता बनाएर घर परिवारलाई सकेसम्म राम्रो बनाउने प्रयास गर्नुपर्छ ।
कसरी जित्ने परिवारको मन ?
१. सबैभन्दा पहिला सासु र ससुरालाई आफ्नै आमाबुवा सम्झनुपर्छ । आमाबुवालाई जस्तै व्यवहार गर्नुपर्छ । देवर, नन्दलाई भाइ-बहिनीको जस्तै प्रेम गर्ने, मार्गदर्शन दिने । अरु सबैप्रति प्रेमपूर्वक समान व्यवहार गर्नुपर्छ ।
२. परिवारका सदस्यले के मन पराउँछ, के मन पराउँदैनन् ? ध्यान राख्नुपर्छ । उनीहरुलाई गुनासो गर्ने मौका दिनुहुन्न ।
३. तपाईको पतिसँग घरको सबै जिम्मेवारी हुन्छ । यदि तपाईको लागि समय निकाल्न सकेनन् भने रिसाउने वा गलत सोच्ने नगरौ । आखिर पति ले आफ्नो सम्पूर्ण जीवन तपाईसँग विताउने हो । पति को समस्या, भावना, जिम्मेवारीलाई बुझ्नुहोस् ।
४. यदि तपाई पति सँग बाहिर घुम्न जानुभएको छ भने घरका सदस्यहरुका निम्ति केहि न केहि कोसेली ल्याइदिनुहोस्, यसले परिवारप्रति तपाईको समर्पण कति छ भन्ने कुरा देखाउँछ ।
५. एउटै छानोमुनी बसेपछि कहिले कहि ठाकठुक पर्छ, मनमुटाव हुन्छ । परिवारका सदस्यहरु आपसमा रिसाउन, झगडा गर्न सक्छन् । तर, यस्तो कुरा अर्कोलाई सुनाउने नगरौ । एउटाको कुरा अर्कोलाई सुनाउने प्रवृत्ति पनि राम्रो होइन । यसले तपाईप्रतिको विश्वास कमजोर हुन्छ ।
६. घरको चालचलन कस्तो छ, संस्कार के छ भन्ने कुरा जान्नैपर्छ । अतः परिवारको संस्कारलाई कुशलतापूर्वक सम्पन्न गर्न आफ्नो भूमिका के हुनसक्छ ? खोज्नुहोस् ।
७. यदि तपाई खाना बनाउन सिपालु हुनुहुन्छ भने, यहि माध्यामबाट परिवारको मन जित्न सक्नुहुन्छ । उनीहरुलाई मन पर्ने खाना तयार गर्नुहोस् । त्यस्तै घरको सरसफाई, सजावटमा पनि तपाईको कला देखाउनुहोस् ।
८. पहिरन सजिलो र छरितो लगाउनुपर्छ । यद्यपी बुहारी भएपछि पुरानो ढर्राको हुनुपर्छ भन्ने छैन । तपाई पनि आफुलाई फेसनेवल देखाउन सक्नुहुनेछ । यद्यपी त्यो भड्किलो र नसुहाउने हुनुहुँदैन । यस्तो पहिरन लगाउनुहोस्, जसले तपाईलाई शालिन, शुसिल देखियोस् ।
९. घरलाई सुखी र खुसी राख्ने प्रयास गर्नुहोस् । आफ्नो कर्तव्य पुरा गर्नुहोस् । सहि समयमा खाना पकाउने, ख्वाउने गर्नुहोस् ।
१०. सकारात्मक माहौल बनाउनुहोस् । सधै खुसी एवं प्रशन्न रहने प्रयास गर्नुहोस् । विनम्रतापूर्वक प्रस्तुत हुनुहोस् ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
थप सामग्री
तपाई बस्ने कुर्सी नै तपाईको महाशत्रु ! महत्वपूर्ण स्वास्थ्य जानकारी
कुर्सीमा धेरै बसेर काम गर्ने र कम्प्युटरमा ब्यस्त हुनेहरुले पढ्नै पर्ने | ...
पुरुषलाई बिहान र महिलालाई राति यौन चाहना बढी !
हालसालै अमेरिकन मेडिकल एसोसिएसनमा भएको एक अनुसन्धानमा पुरुष बिहानको समयमा यौन गर्न बढी इच्छुक हुने रहस्य खुलेको छ । ...
हरेक महिला आफ्ना श्रीमानसँग लुकाउँछन् यी ६ कुराहरु
हिलाहरुलाई बुझ्न अप्ठेरो मात्रै होइन् असम्भव पनि छ । धेरैजसो यस्ता कुरा पनि छन् जो महिलाहरुको पेटमा पच्दैन् तर, यस्ता...
निमोनिया रोगबारे उपयोगी जानकारी
निमोनिया रोगमा प्रायजसो बच्चाहरुलाई साधारण रुघाखोकी लाग्ने गर्दछ। तर, कहिलेकाही रुघाखोकीबाट नै ५ बर्षमुनिका बच्चाहरुमा निमोनिया भन्ने घातक रोग पनि...
सिँचाइको बाँधमा महिलाको शव फेला, सनाखत हुन सकेन
दाङको देउखुरीमा एक महिलाको शव फेला परेको छ । राप्ती गाउँपालिका–१ मा रहेको राप्ती नदीस्थित प्रगन्ना सिँचाइ आयोजनाको बाँधमा अड्किएको...
महिलाका स्तनबारे जानि राखौँ ११ रोचक कुरा
पुरुष महिलाको बक्षस्थलप्रति सँधै चनाखो हुन्छन् । पुरुष मात्र होइन महिलालाई पनि आफ्नो बक्षस्थलबारे सँधै चिन्ता र चासो हुन्छ ।...
आत्महत्या गर्ने प्रयास बढी महिलाले गर्छन् तर पुरुष बढी मर्छन्
डा. दीपप्रकाश मल्ल, मानसिक रोग विशेषज्ञ-दुई साताअघि चलचित्र तथा म्युजिक भिडियो निर्देशक आलोक नेम्वाङले आत्महत्या गरेपछि धेरैले आश्चर्य व्यक्त गरे...
महिलाको आङ खस्ने समस्याको कारण के ? यस्ता हुन्छन् लक्षणहरु
आङ खस्ने समस्या नेपाली महिलाहरुमा देखिने मुख्य समस्या हो । बालबिवाह,स्वास्थ्य संस्थाको पहुँच नहुनु, अशिक्षाको कमी अथवा धेरै सन्तान जन्माएका महिलाहरुमा...
धेरै महिला पुरुषले भोग्ने तीन यौन समस्या र समाधान
म ३० वर्षीय विवाहित पुरुष हुँ । हप्तामा दुई पटक श्रीमतीसँग यौन सम्पर्क राख्छु । यौन सम्पर्कका बेला मेरो वीर्य...
महिलाले आफ्ना श्रीमानसँग भुलेर पनि भन्दैनन् यी कुरा !
महिलाहरुलाई बुझ्न अप्ठेरो मात्रै होइन् असम्भव पनि छ । धेरैजसो यस्ता कुरा पनि छन् जो महिलाहरुको पेटमा पच्दैन् तर, यस्ता...
यसकारण बग्छ महिलामा सेतो पानी
महिलामा सेतो पानी बग्ने कारण दुई किसिमका हुन्छन्, एउटा प्याथोलोजी र अर्को फिजियोलोजिकल । प्याथोलोजिकल भनेको शरीरमा लाग्ने अन्य रोगका...
पुरुषका १० गुण, जसले महिलालाई हुरुक्कै पार्छ ! जानीराखौ
सेन्स अफ ह्युमर भएका र बुद्धिमान पुरुषलाई महिलाहरुले बढी महत्व दिन्छन् । सेन्स अफ ह्युमर भएका पुरुषहरु जीवनमा आए भने...