तपाई बस्ने कुर्सी नै तपाईको महाशत्रु ! महत्वपूर्ण स्वास्थ्य जानकारी

मङ्गलबार, ०९ कार्तिक २०७३

मानिस फिरन्ते र शारीरिक परिश्रम गर्ने जाति हो। आफ्नो विकासक्रमका पछिल्ला दसौं हजार वर्ष मानिसको दैनिकी शिकार गरेर, खेतिपाती गरेर, हिड्डुल र शारीरिक परिश्रम गरेर बितेको छ। पछिल्ला हजारौ वर्षमा मानिसको शरीरको ‘जिन’ पनि त्यसरीनै विकास भएको छ- हिडडुल र परिश्रम गर्नका लागि।
Description: kursisistimthumb
तर औद्योगिक क्रान्ति र सेवा क्षेत्रको विस्तारसँगै शहरी क्षेत्रको बिस्तार भएको छ। मानिसले गर्ने काम र रोजगारीको प्रकृति बदलिएको छ। मानिस अब धेरै जसो समय कुर्सीमै बसेर काम गर्ने भएको छ।
अर्थात् हामीले तिब्र रफ्तारमा हाम्रो जीवनशैली बदलेका छौं। नेपालको सन्दर्भमा भन्ने हो भने ५० वर्ष अघिसम्म खेतमा वा अन्य व्यवसायमा शारीरिक परिश्रम गरेका बाउ-बाजेका हामी सन्तान थचक्कै कुर्सीमा बसेर, हलचल नगरी काम गर्ने भएका छौं।
जुन रफ्तारमा हामीले हाम्रो जीवनशैली बदलेका छौं, त्यो रफ्तारमा हाम्रो ‘जिन’ भने बदलिएको छैन, बदलिदैन। हाम्रो ‘जिन’ बदलिन त हजारौं बर्ष लाग्छ। त्यसैले हाम्रो ‘जिन’ र हाम्रो जीवनशैली बीच तादात्म्य छैन। यही कारणले बिशेषत: शहरमा मानिसले बढ्दो रूपमा डाइबेटिक्स, ब्लडप्रेसर, युरिक एसिड र अन्य शारीरिक र मानसिक समस्याको शिकार भएका छन्।
पछिल्ला अनुशन्धानले मानिस बस्ने कुर्सीको उसको स्वाथमा ठूलो भूमिका हुने देखाएका छन्।
हामी कस्तो कुर्सीमा बस्छौं? कसरी बस्छौं? र लगातार कति समय बस्छौं यी तीन विषय अत्यन्त महत्वपूर्ण छन्।
Description: kursisisis3
लामो समयसम्म कुर्सीमा बसिरहनु हानिकारक हुने अनुसन्धानहरूले देखाएका छन्। धेरै मानिसहरुलाई भ्रम छ-म बिहान प्रशस्त ‘मर्निङ वाक’ गर्छु वा शारीरिक ब्यायाम गर्छु, दिनभरी कुर्सीमा बसिरहे पनि केही हुन्न। त्यसो होइन, दिनभरी हलचल नगरी कुर्सीमा बसिरहने हो भने बिहानको ‘मर्निङ्ग वाक’ र शारीरिक व्यायामलाई त्यसले ब्यर्थ तुल्याई दिनेछ- नयाँ अनुसन्धानले त्यही भन्छ।
कुर्सीमा लगातार दुई घण्टा भन्दा धेरै नबस्न अनुसन्धानकर्ताले सल्लाह दिएका छन्। दुई घण्टा बसेर काम गरिसकेपछि पाँच मिनट उभिन, हात खुट्टा तन्काउन वा सिढी उक्लन उनीहरुको सल्लाह छ।
हामी प्रायः ढल्किने कुर्सीमा आरामसँग बस्न रूचाउँछौ। पछाडि सिधा भएको कुर्सीमा ढाड सोझो पारेर बस्न पनि उनीहरूले सल्लाह दिएका छन्। लगातार छ घण्टा, आठ घण्टा कुर्सीमा बसिरहने हो भने त्यो कुर्सीनै हाम्रो स्वस्थको ठूलो शत्रु हुने निश्चित छ।
लामो समयसम्म एकै ठाउँ बस्दा वा गलत पाराले बस्दा शरीरका कुन कुन भागलाई कसरी हानि पुग्छ? कसरी बस्ने? कसरी चलायमान हुने? भन्ने बारे अमेरिकाको वासिङ्गटन पोस्टमा केहि समय अघि प्रकाशित लेखबाट हामीले तलको सामग्री तयार पारेका छौं।


हृदयरोग :
लामो समय एकै स्थानमा बस्दा मांसपेसीले थोरै मात्र बोसो खपत गर्छ। शरीरमा रक्तसञ्चारको गति पनि धीमा हुन्छ। यसको सोझो मार मुटुलाई पर्छ। खपत नभएको चिल्लो एसिडले मुटुको गतिमा नकारात्मक प्रभाव पार्छ। शरीरमा हुने उच्च रक्तचाप र बढ्दो कोलस्टेरोलसँग लामो बसाइको सोझो सम्बन्ध रहेको अनुसन्धानले देखाएको छ। कम सय बसेर कम गर्नेहरूको तुलनामा लामो समय बसेर काम गर्नेमा करिब दुई गुणा बढी हृदयरोगको सम्भावना हुन्छ।


इन्सुलिनको अत्यधिक उत्पादन :
शरीरमा प्याङक्रियाजले इन्सुलिन उत्पादन गर्छ। इन्सुलिन यस्तो पदार्थ हो जसले शरीरलाई चाहिने शक्ति आर्जन गर्न कोषहरूमा ग्लुकोज भन्ने तत्व आपूर्ति गर्छ। आरामसँग बसेको बेला मांसपेसीका कोषले आपूर्ति भएको इन्सुलिन खपत गर्न अल्छी मान्छन्। यस्तो अवस्थाले मुख्यतया मधुमेह हुनेगर्छ। एक दिन लामो निरन्तर बसाइले मात्र पनि शरीरमा इन्सुलिनप्रति कोषहरूको प्रतिक्रिया सुस्त हुने सन् २०११ मा गरिएको अनुसन्धानले देखाएको छ।


आन्द्राको क्यान्सर :
लामो बसाइसँग आन्द्रा, स्तन र पाठेघर क्यान्सरको सम्बन्ध रहेको अनुसन्धानले देखाउँछ। यसको कारण भने अहिलेसम्म प्रस्ट छैन। अत्यधिक इन्सुलिन आपूर्तिले कोषहरूको संख्या बढ्ने हुँदा क्यान्सरको सम्भावना बढेको धेरै वैज्ञानिकको दाबी छ। शरीर चलायमान हुँदा ‘एन्टी–अक्सिडेन्ट’ भन्ने तत्व शरीरमा बढ्छ जसले कोषहरू बिगार्ने र क्यान्सर गराउने तत्वलाई मार्छ।
मांसपेसीमा असर


पेटको मांसपेसी : जब हामी उभिन्छौं, हिँड्छौं वा सिधा बस्छौं, पेटको मांसपेसीले शरीरलाई सोझो राख्न मद्दत गर्छ। कुर्सीमा लत्रिएर बस्दा पेटको मांसपेसी प्रयोगमा आउँदैन। कसिएको पछाडिपट्टिको मांसपेसी र प्रयोग नभएको पेटको मांसपेसीका कारण कम्मरमाथिको भागमा अस्वस्थ धनुषको आकार बन्छ। यसले शरीरमा अनेकौं समस्या खडा गर्छ। यस्तो अवस्थालाई ‘हाइपरलर्डसिस’ भनिन्छ।


कम्मरको भाग कसिने :
लचक कम्मरले मानिसलाई सन्तुलित राख्छ। निरन्तर लामो समय बस्ने व्यक्तिले कम्मर वरिपरिका भाग कम चलाउने हुँदा उक्त भाग छोटा र कसिला बन्छन्। बुढेसकालमा मानिस बारम्बार लड्नु र उभिन गाह्रो हुनुको प्रमुख कारण कम्मरको भाग थोरै मात्र चलेकाले हो।
शरीर बस्ने ठाउँमा असन्तुलन : बस्दा शरीर बस्ने भागले कुनै काम गर्नुपर्दैन। उक्त भाग त्यसैमा बानी पर्छ। यसले विस्तारै सन्तुलन र हिँड्नलाई चाहिने क्षमतालाई असर गर्छ।


गोडामा हुने खराबी
गोडामा कम रक्तसञ्चार : लामो समय एकै ठाउँमा बस्दा शरीरमा रक्तसञ्चारको गति कम हुन्छ। खुट्टाका भागमा रगत जम्मा हुने गर्छ। यसले खुट्टा तथा रक्तनली फुल्नेदेखि ‘डिप भेन थ्रोम्बोसिस’ भनिने खतरनाक रगत जम्ने अवस्था सिर्जना हुनसक्छ।
कमजोर हड्डी : हिँड्ने र दौडनेजस्ता कार्यले कम्मर र त्यस मुनिका हड्डी बलियो बनाउँछ। ‘ओस्टियोपोरोसिस’ भनिने रोग लाग्नुको प्रमुख कारणमध्ये कम शारीरिक परिश्रम पनि एक हो।

शरीरको माथिल्लो भागमा असर
दिमागमा असर : शरीर चल्मलाउँदा ताजा रगत र अक्सिजन दिमागमा पुग्छ जसले मानिसको मुड परिवर्तन गर्ने र सन्तुलित राख्ने
काम गर्छ। लामो समय बस्दा दिमागका कार्य धिमा गतिमा हुन्छन्।


घाँटीमा असर : तपाईँको काम डेस्कमा बस्ने, कम्प्युटरमा टाइप गर्न निहुरिने वा टाइप गर्दै फोन उठाउने किसिमको छ भने यसले तपाईँको घाँटीमा असर पुग्छ। यसले स्थायी रूपमै शरीरलाई असन्तुलित बनाउने र कैयौं समस्या सृजना गर्ने गर्छ।


काँध र ढाडमा असर : निहुरिँदा घाँटी मात्र होइन, काँध र ढाडमा पनि दबाब पर्ने हुन्छ। निरन्तर निहुरिने कामले काँध र ढाडमा पनि समस्या सृजना गर्छ।
मेरुदण्डमा हुने असर
मेरूदण्ड लचक नहुने समस्या : मेरुदण्ड बारम्बार चलमल गरेन भने यसले लचक हुने गुण गुमाउँछ र चियाको कप उठाउँदा वा जुत्ताको लेस बाँध्ने काम गर्दा समेत सजिलै आघात पुग्नसक्छ।


अस्वस्थ्य बसाइले हुने मृत्युदर
आठ वर्षभन्दा लामो समय गरिएको एक अध्ययनअनुसार एक घन्टाभन्दा कम टेलिभिजन हेरेर बस्ने मानिसभन्दा लामो समय टेलिभिजन हेरेर बिताउने मानिसको मृत्युदर ६१ प्रतिशत बढी देखिएको छ।


बच्न के गर्ने?
बस्ने तरिका
Description: kursrsr522
कुनै अस्थिर वस्तुमा बसेजस्तो गरी बस्नुस्। लत्रिएर नबस्नुस्। व्यायाम गर्ने, भकुन्डो वा पछाडि अडिने भाग नभएको कुर्सीमा बसेजस्तो गरी बस्दा शरीरका महत्वपूर्ण मांसपेसीहरू सक्रिय रहन्छन्। बस्दा ढाड सोझो बनाएर खुट्टाले जमिन टेक्ने गरी बस्नुस्। टेकिएका खुट्टाले शरीरको एकचौथाइ भार थेग्ने गरी बस्दा राम्रो।


काम गर्दा पनि हिँड्नुस् : घर वा कार्यालयमा काम गर्दा पनि बेलाबेला उठ्ने र हिँड्ने गर्नुस्। अत्यन्तै काम गतिमा हिँड्दा पनि कम्तीमा बसेकोभन्दा दुई गुणा बढी क्यालोरी खर्च हुन्छ।
 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको