बिहिबार, २९ भदौ २०७४
वीरगञ्ज : स्थानीय तहको निर्वाचन प्रचार प्रसारका क्रममा वीरगञ्ज महानगरपालिकाको सडक छेउका विजुलीका खम्बाहरुमा पार्टीका झण्डाहरु लहरै झुण्ड्याइएको देखिन्छ। तर ती झण्डाहरुमा नेकपा माओवादी केन्द्रको झण्डा कहिँ कतै देखिदैन। यस पार्टीबाट महानगरपालिका प्रमुखका उम्मेदवार रहबर अन्सारी भन्छन् 'पोलमा पार्टीको झण्डा राख्नुको सट्टा एउटा सीएफएल बल्ब राखे हुन्थ्यो।' स्थानीय तहको निर्वाचन आउन ६ दिन मात्र बाँकी छ। प्रदेश नम्बर २ को एक मात्र महानगर वीरगञ्जका चिया पसलदेखि चोक, चौतारा र टोल–टोलमा कुन उम्मेदवार कस्ता भन्ने चर्चा हुने गरेको छ। सार्वजनिक स्थलमा चर्चा हुनेमा नेकपा माओवादी केन्द्रका उम्मेदवार रहबर अन्सारी अग्रपंक्तिमा छन्। अरु भन्दा फरक र सिर्जनशील खालका धारणा र चुनाव प्रचारको तरिका अपनाएकाले उनको चर्चा वीरगञ्जमा छ। स्थानीय गण्डक अस्पतालका कार्यकारी निर्देशक अन्सारी महानगर प्रमुखको उम्मेदवार बनेपछि एकाएक चर्चित भएका छन्। वीरगञ्ज महानगरमा युवा तथा वौद्धिक वर्गमाझ लोकप्रिय मुस्लिम समुदायका ३१ वर्षीय युवा उम्मेदवार रहबर अन्सारी को हुन् त? वीरगञ्जको गण्डक बहुवरीका रहबर २०४३ साल वैशाख १५ गते काठमाडौंमा जन्मिएका हुन्। उनका बाबु काठमाडौंमा चिकित्सक छन्। रहबरले काठमाडौको ग्यालेक्सी स्कुलबाट एसएलसी पास गरे भने दिल्लीबाट कमर्समा प्लस टु पास गरी त्यसपछि भारतको पुणेबाट बीबीए पास गरेपछि नेपाल फर्केका रहबरले डेढ वर्ष चितवनको भरतपुर मेडिकल कलेजमा काम गरे। त्यसपछि काम छाडेर उनी आफै वीरगञ्जमा गण्डक अस्पताल खोलेर कार्यकारी निर्देशक बने। अस्पताल सञ्चालन गरेपछि उनी मास्टर्सको लागि हंगेरी पुगे। हंगेरीको बुडापेष्टमा रहेको सेन्ट्रल युरोपियन युनिभर्सिटीबाट सार्वजनिक नीति र शासन प्रणालीमा भर्खरै मात्र स्नाकोत्तर सकेर रहबर नेपाल फर्किएका हुन्। रहबरको राजनीतिक पृष्ठभूमि रहबरले आफू ७ वर्षअघिदेखि माओवादी केन्द्रमा रहेको बताए। प्लस टु गर्दै गर्दा राजनीतिमा रुची राखेका उनी माओवादीको पर्सा जिल्ला कमिटीका सदस्य र मुस्लिम मुक्ति मोर्चाका केन्द्रीय सदस्य पनि हुन्। वीरगञ्ज महानगरपालिकामा माओवादी केन्द्रबाट प्रमुख पदका उम्मेदवार बनेपछि उनको दैनिकी अहिले ब्यस्त बनेको छ। विहान ५ बजे उठ्ने रहबर दैनिक नित्य कर्म सिध्याएपछि योग गरेर एक कप चिया र विस्कुट खाएपछि ६ बजेदेखि घरदैलोमा निस्कन्छन्। आफूले महानगरको विकासमा आफ्ना योजना बताउँदा मतदाता प्रभावित भएका रहबर बताउँछन्। उनको तर्क छ 'मधेस अधिकार भन्दा विकास र शिक्षामा पछाडि परेको छ। शिक्षा भएपछि जहाँ पनि कमाउन सकिन्छ तर मधेसी दलका नेताले अधिकारको नाममा मधेसलाई बर्बाद गरे।' मधेस केन्द्रित दलले मधेसको विकास र शिक्षाको बारेमा कहिले पनि नसोचेको र मधेसी र पहाडी समुदायबीच फाटो ल्याउने मात्र काम गरेको रहबरको बुझाई छ। 'मेरो उम्मेदवारी पहाडी र मधेसीबीचको एकता कायम गर्ने, शिक्षामा सुधार ल्याउने र विकसित वीरगञ्जको लागि हो' उनले भने, 'प्राविधिक र वैज्ञानिक युगमा प्राविधिक शिक्षा र आधुनिक कृषिको कल्पना गरेको छु। मसंग नयाँ भिजन छ त्यसैले जित्नेमा ढुक्क छु।' उनको सोचले युवा तथा वौद्धिक वर्गका मतदाताहरु प्रभावित भएका छन्। मतदातामा उनले छाडेको छाप मतपत्रमा व्यक्त हुन्छ कि हुँदैन भन्ने थाहा पाउन भने असोज २ को निर्वाचनको प्रतिक्षा गर्नुपर्छ।
Read more at: http://thahakhabar.com/news/23416
वीरगञ्ज : स्थानीय तहको निर्वाचन प्रचार प्रसारका क्रममा वीरगञ्ज महानगरपालिकाको सडक छेउका विजुलीका खम्बाहरुमा पार्टीका झण्डाहरु लहरै झुण्ड्याइएको देखिन्छ। तर ती झण्डाहरुमा नेकपा माओवादी केन्द्रको झण्डा कहिँ कतै देखिदैन। यस पार्टीबाट महानगरपालिका प्रमुखका उम्मेदवार रहबर अन्सारी भन्छन् 'पोलमा पार्टीको झण्डा राख्नुको सट्टा एउटा सीएफएल बल्ब राखे हुन्थ्यो।' स्थानीय तहको निर्वाचन आउन ६ दिन मात्र बाँकी छ। प्रदेश नम्बर २ को एक मात्र महानगर वीरगञ्जका चिया पसलदेखि चोक, चौतारा र टोल–टोलमा कुन उम्मेदवार कस्ता भन्ने चर्चा हुने गरेको छ। सार्वजनिक स्थलमा चर्चा हुनेमा नेकपा माओवादी केन्द्रका उम्मेदवार रहबर अन्सारी अग्रपंक्तिमा छन्।
Read more at: http://thahakhabar.com/news/23416
स्थानीय तहको निर्वाचन प्रचार प्रसारका क्रममा वीरगञ्ज महानगरपालिकाको सडक छेउका विजुलीका खम्बाहरुमा पार्टीका झण्डाहरु लहरै झुण्ड्याइएको देखिन्छ। तर ती झण्डाहरुमा नेकपा माओवादी केन्द्रको झण्डा कहिँ कतै देखिदैन। यस पार्टीबाट महानगरपालिका प्रमुखका उम्मेदवार रहबर अन्सारी भन्छन् 'पोलमा पार्टीको झण्डा राख्नुको सट्टा एउटा सीएफएल बल्ब राखे हुन्थ्यो।' स्थानीय तहको निर्वाचन आउन ६ दिन मात्र बाँकी छ। प्रदेश नम्बर २ को एक मात्र महानगर वीरगञ्जका चिया पसलदेखि चोक, चौतारा र टोल–टोलमा कुन उम्मेदवार कस्ता भन्ने चर्चा हुने गरेको छ। सार्वजनिक स्थलमा चर्चा हुनेमा नेकपा माओवादी केन्द्रका उम्मेदवार रहबर अन्सारी अग्रपंक्तिमा छन्। अरु भन्दा फरक र सिर्जनशील खालका धारणा र चुनाव प्रचारको तरिका अपनाएकाले उनको चर्चा वीरगञ्जमा छ। स्थानीय गण्डक अस्पतालका कार्यकारी निर्देशक अन्सारी महानगर प्रमुखको उम्मेदवार बनेपछि एकाएक चर्चित भएका छन्। वीरगञ्ज महानगरमा युवा तथा वौद्धिक वर्गमाझ लोकप्रिय मुस्लिम समुदायका ३१ वर्षीय युवा उम्मेदवार रहबर अन्सारी को हुन् त?
Read more at: http://thahakhabar.com/news/23416
वीरगञ्ज : स्थानीय तहको निर्वाचन प्रचार प्रसारका क्रममा वीरगञ्ज महानगरपालिकाको सडक छेउका विजुलीका खम्बाहरुमा पार्टीका झण्डाहरु लहरै झुण्ड्याइएको देखिन्छ। तर ती झण्डाहरुमा नेकपा माओवादी केन्द्रको झण्डा कहिँ कतै देखिदैन। यस पार्टीबाट महानगरपालिका प्रमुखका उम्मेदवार रहबर अन्सारी भन्छन् 'पोलमा पार्टीको झण्डा राख्नुको सट्टा एउटा सीएफएल बल्ब राखे हुन्थ्यो।' स्थानीय तहको निर्वाचन आउन ६ दिन मात्र बाँकी छ। प्रदेश नम्बर २ को एक मात्र महानगर वीरगञ्जका चिया पसलदेखि चोक, चौतारा र टोल–टोलमा कुन उम्मेदवार कस्ता भन्ने चर्चा हुने गरेको छ।

सार्वजनिक स्थलमा चर्चा हुनेमा नेकपा माओवादी केन्द्रका उम्मेदवार रहबर अन्सारी अग्रपंक्तिमा छन्। अरु भन्दा फरक र सिर्जनशील खालका धारणा र चुनाव प्रचारको तरिका अपनाएकाले उनको चर्चा वीरगञ्जमा छ। स्थानीय गण्डक अस्पतालका कार्यकारी निर्देशक अन्सारी महानगर प्रमुखको उम्मेदवार बनेपछि एकाएक चर्चित भएका छन्। वीरगञ्ज महानगरमा युवा तथा वौद्धिक वर्गमाझ लोकप्रिय मुस्लिम समुदायका ३१ वर्षीय युवा उम्मेदवार रहबर अन्सारी को हुन् त? वीरगञ्जको गण्डक बहुवरीका रहबर २०४३ साल वैशाख १५ गते काठमाडौंमा जन्मिएका हुन्। उनका बाबु काठमाडौंमा चिकित्सक छन्। रहबरले काठमाडौको ग्यालेक्सी स्कुलबाट एसएलसी पास गरे भने दिल्लीबाट कमर्समा प्लस टु पास गरी त्यसपछि भारतको पुणेबाट बीबीए पास गरेपछि नेपाल फर्केका रहबरले डेढ वर्ष चितवनको भरतपुर मेडिकल कलेजमा काम गरे। त्यसपछि काम छाडेर उनी आफै वीरगञ्जमा गण्डक अस्पताल खोलेर कार्यकारी निर्देशक बने। अस्पताल सञ्चालन गरेपछि उनी मास्टर्सको लागि हंगेरी पुगे। हंगेरीको बुडापेष्टमा रहेको सेन्ट्रल युरोपियन युनिभर्सिटीबाट सार्वजनिक नीति र शासन प्रणालीमा भर्खरै मात्र स्नाकोत्तर सकेर रहबर नेपाल फर्किएका हुन्। रहबरको राजनीतिक पृष्ठभूमि रहबरले आफू ७ वर्षअघिदेखि माओवादी केन्द्रमा रहेको बताए। प्लस टु गर्दै गर्दा राजनीतिमा रुची राखेका उनी माओवादीको पर्सा जिल्ला कमिटीका सदस्य र मुस्लिम मुक्ति मोर्चाका केन्द्रीय सदस्य पनि हुन्।

वीरगञ्ज महानगरपालिकामा माओवादी केन्द्रबाट प्रमुख पदका उम्मेदवार बनेपछि उनको दैनिकी अहिले ब्यस्त बनेको छ। विहान ५ बजे उठ्ने रहबर दैनिक नित्य कर्म सिध्याएपछि योग गरेर एक कप चिया र विस्कुट खाएपछि ६ बजेदेखि घरदैलोमा निस्कन्छन्। आफूले महानगरको विकासमा आफ्ना योजना बताउँदा मतदाता प्रभावित भएका रहबर बताउँछन्। उनको तर्क छ 'मधेस अधिकार भन्दा विकास र शिक्षामा पछाडि परेको छ। शिक्षा भएपछि जहाँ पनि कमाउन सकिन्छ तर मधेसी दलका नेताले अधिकारको नाममा मधेसलाई बर्बाद गरे।' मधेस केन्द्रित दलले मधेसको विकास र शिक्षाको बारेमा कहिले पनि नसोचेको र मधेसी र पहाडी समुदायबीच फाटो ल्याउने मात्र काम गरेको रहबरको बुझाई छ। 'मेरो उम्मेदवारी पहाडी र मधेसीबीचको एकता कायम गर्ने, शिक्षामा सुधार ल्याउने र विकसित वीरगञ्जको लागि हो' उनले भने, 'प्राविधिक र वैज्ञानिक युगमा प्राविधिक शिक्षा र आधुनिक कृषिको कल्पना गरेको छु। मसंग नयाँ भिजन छ त्यसैले जित्नेमा ढुक्क छु।' उनको सोचले युवा तथा वौद्धिक वर्गका मतदाताहरु प्रभावित भएका छन्। मतदातामा उनले छाडेको छाप मतपत्रमा व्यक्त हुन्छ कि हुँदैन भन्ने थाहा पाउन भने असोज २ को निर्वाचनको प्रतिक्षा गर्नुपर्छ
Source: Thahakhabar
To read in your mobile download our android app from google play store.
Click Here To Download
App
थप सामग्री
सुर्खेतमा स्वाइन फ्लुको महामारी १ को मृत्यु ४२ संक्रमित
सुर्खेतमा स्वाइन फ्लुका कारण एक जनाको मृत्य भएको छ । मृत्यु हुनेमा सुर्खेत गुर्भाकोट का ५८ बर्षिया नन्दलाल डांगी रहेका...
सामाजिक सञ्जालबाट बालबालिकामाथि यौन दुव्र्यवहार बढ्ने जोखिम
बढ्दै गएको सूचना र प्रविधिको प्रयोगले बालबालिकालाई यौनजन्य घटनाको शिकार बनाउँदै गएको पाइएको छ । ...
यस्तो हुने भयो नेपाल-चीन रेलमार्ग, संसारकै कठिन भूबनोटमा बन्ने
नेपाल र चीनबीच जोडिने रेलमार्ग हिमालवारपारको रेलमार्गमध्ये संसारकै सबैभन्दा कठिन भूबनोट भएर जाने ठूलो उचाइको रेलमार्ग हुने भएको छ ।
काठमाडौंका कुकुरलाई जर्मनीबाट चिठी
प्रिय काठमाडौंका कुकुरहरू, गएको डिसेम्बरमा मेरा श्रीमानसँगै काठमाडौंसम्मको यात्राले मैले जीवनमा सोच्दै नसोचेको परिवर्तन आएको छ, एकदमै गहिरो ।...