सामाजिक सञ्जालबाट बालबालिकामाथि यौन दुव्र्यवहार बढ्ने जोखिम

बिहिबार, २९ भदौ २०७४

 

काठमाडौँ । बढ्दै गएको सूचना र प्रविधिको प्रयोगले बालबालिकालाई यौनजन्य घटनाको शिकार बनाउँदै गएको पाइएको छ । 

भ्वाइस अफ चिल्ड्रेनले आज काठमाडौँमा आयोजना गरेको ‘सूचना, सञ्चार र प्रविधिको माध्यमबाट हुने बालयौन दुव्र्यवहार’ विषयको एक कार्यक्रममा इन्टरनेटबाट खेल खेल्ने र भाइबर, ट्वीटर, याहु, जिमेल जस्ता सामाजिक सञ्जालको प्रयोगले बालयौनजन्य घटना बढ्दै गएको बताइएयो । 

भ्वाइस अफ चिल्ड्रेनका कार्यक्रम संयोजक कृति भट्टराईका अनुसार इन्टरनेटका माध्यमबाट कुनै पनि व्यक्तिले बालबालिकामाथि यौन आशय झल्किने गरी गर्ने गतिविधि सूचना–सञ्चारको माध्यमबाट हुने बाल यौन दुव्र्यवहार हुन् । 

उनले भने, “प्रविधिको गलत प्रयोग, सामाजिक सञ्चालमा नचिनेको व्यक्तिलाई साथी बनाउँदा, अनावश्यक फोटो तथा सूचना सन्देश पोस्ट गर्दा, पार्सवर्ड साथीलाई दिँदा, गोप्य तस्वीर, सूचना समाजिक सञ्जालमा राख्दा र अनावश्यक साइटहरु हेर्दा पछिल्लो समय धेरै बालबालिका बालयौन दुव्र्यहारमा पर्न थालेका छन् ।” 

भ्वाइस अफ चिल्ड्रेनले केही महिनाअघि काठमाडौँ उपत्यकाका ४०० बालबालिकामा गरेको सर्वेक्षणमा ७२ प्रतिशत बालबालिकाले सामाजिक सञ्जाल प्रायेग गर्ने गरेको र त्यसमध्ये दुई तिहाईले तीनदेखि चार घण्टा सामाजिक सञ्जालमा बिताउने गरेको पाइएको थियो । यो सर्भे १० देखि १८ वर्षमुनिका बालबालिकामा गरिएको थियो । 

उक्त सर्वेक्षणमा धेरै बालबालिकाले अन्य वेबसाइट खोजी गर्दै जाँदा अश्लील साइट हेर्ने, साथीसाथीबाट यस्ता साइट हेर्न गरेको पाइएको थियो । कसैको दुव्र्यवहार परेका बालबालिकाले विभिन्न संकेतहरु देखाउने गर्छन् । 

बालबालिका सूचना–प्रविधिको दुव्र्यवहारमा परिसकेपछि पहिलेको तुलनामा कम इन्टरनेटमा बिताउने, इन्टरनेटको प्रयोग गोप्य तरिकाले गर्ने, नयाँ फोन नम्बर, इमेल ठेगानामा अत्यधिक मात्रामा सम्र्पक बढाउने, रुने, कराउने, बोल्न डराउने, बोल्दै नबोल्ने, धेरै बोल्ने, झगडा गर्ने, आक्रामक व्यवहार देखाउने, विद्यालय छाड्ने र पढ्न मन नगर्ने, खानपानमा अस्वाभाविक व्यवहार देखाउने र आफ्नो शरीरलाई घृणा गर्ने र आत्महत्याको प्रयास गर्ने जस्ता लक्षण देखाउने गर्छन् । 

यदि कसैले इन्टरनेटमा गलत नियतले गालीगलौज, दुव्र्यवहार वा धम्की दिएमा नजिकका विश्वासिला व्यक्तिलाई भन्ने वा पुलिसमा गएर उजुरी गर्ने गर्नुपर्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

थप सामग्री

सुर्खेतमा स्वाइन फ्लुको महामारी १ को मृत्यु ४२ संक्रमित

सुर्खेतमा स्वाइन फ्लुका कारण एक जनाको मृत्य भएको छ । मृत्यु हुनेमा सुर्खेत गुर्भाकोट का ५८ बर्षिया नन्दलाल डांगी रहेका...

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको