सर्वोच्चको फैसलामा अस्थायी शिक्षकको भविष्य
बुधबार, २३ फागुन २०७४
काठमाडौं । आज सर्वोच्च अदालतको संवैधानिक इजलाशमा हुन लागेको बहसले अस्थायी शिक्षकको भाग्यको फैसला गर्ने भएको छ । सो बहस पछिको फैसलाले नै अस्थायी शिक्षकको चैत्र २३ को परीक्षा हुने–नहुने र सवै अस्थायी शिक्षकले परीक्षा दिन पाउने– नपाउने टुंगो लाग्ने भएको हो ।
यदी सो दिनको बहस पछि फैसला जेसुकै आएपनि परीक्षा निर्धारित समयमा नै हुने तर, बहस स्थगित वा सरे चैत २३ को परीक्षा पनि सर्ने अधिवक्ता कोषराज काफ्लेले जानकारी दिए ।
शनिवार राजधानीमा पुनरुत्थानवादी समुह नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा अधिवक्ता काफ्लेले फागुन २३ गते हुने संवैधानिक इजलाशको बहसले चैत २३ गतेको परीक्षा हुने नहुने निक्र्यौल गर्ने बताए ।
उनका अनुसार आगामी फागुन २३ गते सर्वोच्च अदालतको संवैधानिक इजलाशमा प्रधानन्यायधीश गोपाल पराजुली, न्यायधीशहरु दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्र शम्शेर जबरा र दीपकुमार कार्कीको संयूक्त इजलाशमा अस्थायी शिक्षकका सम्बन्धमा भएको शिक्षा ऐन को नवौं संशोधनका सम्बन्धमा बहस हुँदैछ ।
यस अघि २०७४ पौष १४ गते पेशी तोकिएपनि सो दिनको बहस सरेर माघ १४ गते र पुन सरेर आगामी फागुन २३ गते पुगेको थियो । सोही दिन अस्थायी शिक्षक सम्बनधी ११ वटा मुद्दामा बहस हुने भएको छ । मंसिर २९ गतेको संवैधानिक इजलाशले आठौं र नवों संशोधित शिक्षाऐन र विगतका सर्वोच्च अदालको फैसलासँग बाझिएका ११ वटा मुद्दाको बहस पौष १४ गते गर्ने आदेश दिएको थियो । जुन पछि सर्दै फागुन २३ गते पुगेको हो ।
अधिवक्ता काफ्ले मुद्दाको टुंगो नलाग्दासम्म परीक्षा स्थगित गर्न माग राखेर अदालतमा यसअघि नै दुईवटा मुद्दा परिसकेकाले अब बाँकी आगामी फागुन २३ गते मुद्दाको फैसला नभए वा सरे एउटा निवेदन दिएर अदालतबाट परीक्षा स्थगित गराइने बताए ।
पत्रकार सम्मेलनमा बझाङका अस्थायी शिक्षक टिकाबहादुर घर्तीले अस्थायी शिक्षकहरुले यसअघिको शिक्षा ऐन र सर्वोच्चको फैसला अनुसार पाइसकेको अधिकार आठौं र नवों ऐन स.शोधनले प्रकार, प्रतिशत र समयरेखाका आधारमा खोस्न खोजेपछि अदालतको शरणमा पुगेको बताए । चक्रेश्वर मावि काभ्रेका अस्थायी शिक्षक युवराज दाहालले सवै अस्थायी शिक्षकहरुलाई न्याय हुने गरी परीक्षा नहुँदा सम्म आफुहरु निरन्र संघर्ष गरिरहेने बताए । गुह्वेश्वरी मावि काठमाडौंका अस्थायी शिक्षक दण्डपाणी भूसालले फागुन २३ को मुद्दाको टुंगो नलागेसम्म चैत्र २३ गतेको परीक्षा कुनै हालतमा हुन नदिने जिकिर गरे ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्