एम्बुलेन्स दुर्घटनामा ५ जना घाइते
शुक्रबार, २९ मङि्सर २०७४
मोरङ- मोरङको सुन्दरहरैचा नगरपालिका ७ मालतीपुल नजिकै एम्बुलेन्स दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। गएराति सवा १ बजे मे १ च १२९५ नम्बरको एम्बुलेन्स अनियन्त्रि भई दुर्घटना भएको हो।
घाइते हुनेहरुमा एम्बुलेन्स चालक इलाम नगरपालकिा ६ का सुनिल राई, एम्बुलेन्समा सवार शिशिर लिम्बु, प्रमिला कार्की, रमिला लिम्बु र नेपाल खड्का रहेका छन्।
घाइते सबैको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्