टेलिभिजनले मध्यरातमा मात्र कन्डमको विज्ञापन गर्न पाउने, सरकारले दियो यस्तो आदेश

बिहिबार, २८ मङि्सर २०७४

 

टेलिभिजनहरुले समाचार दिनु अगाडिको सर्वाधिक हेरिने समय प्राइम टाइम मा कन्डमको विज्ञापन प्रशारण गर्न नपाउने भएका छन् ।

भारतीय सरकारले सो समयको टिभी विज्ञापनमा प्रतिबन्ध लगाएको जनाएको छ । त्यस सयममा बालबालिकाले पनि टिभी हेर्ने भएकोले त्यस सयममा विज्ञापन गर्न नमिल्नेगरी सरकारले नियम बनाएको बताइएको छ ।

भारतको सूचना तथा प्रशारण मन्त्रालयले सो नियमसहितको जानकारी मङ्गलबार दिएको छ । भारतका सबै टिभीहरुलाई बिहान र बेलुकाको सो समयमा विज्ञापन गर्न नपाउनेगरी उक्त मन्त्रालयले सूचना जारी गरेको बताइएको छ ।

भारतमा करिब ९०० टेलिभिजन च्यानल छन् । ती टिभीहरुका नाममा सो सूचना जारी गरिएको समाचारमा जनाइएको छ । सो समयमा भारतका बालबालिकामात्र नभएर सबैजसो परिवारले नै टिभी हेर्ने र यसरी परिवार सँगै बसेर टिभी हेर्दा अशिष्ट लाग्ने भएकोले त्यस समयमा नभएर अरु नै बेलामात्र विज्ञापन गर्न मन्त्रालयले सूचना जारी गरेको समाचारमा जनाइएको छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको