आमाबाबुका लागि किन कान्छो सन्तान सबैभन्दा प्यारो ?

शुक्रबार, ०१ मङि्सर २०७४

 

कुनै लेखकलाई ‘तपाईले रचना गरेको सृजनामध्ये कुन उत्कृष्ट वा प्यारो लाग्छ ?’ भनेर सोधियो भने घुमाउरो जवाफ आउँछ, ‘आमाबुवालाई आफ्ना हरेक सन्तान उत्तिकै पि्रय लाग्छ ।’

 

अर्थात आमाबुवाको माया हरेक छोराछोरीमा बराबरी हुन्छ ।

तर, अध्ययनले त्यसो भन्दैन । अमेरिकामा हालै भएको एउटा सर्भेक्षणले यो मान्यतालाई गलत सावित गरेको छ ।

सर्भेक्षणका अनुसार आमाबाबुले सबै बच्चालाई उत्तिकै माया गर्दैनन् । अमेरिकाको बि्रगम यंग यूनिभर्सिटीको स्कुल अफ फेमिली लाइफले गरेको अध्ययनले यो तथ्य पत्ता लगाएको हो । आफ्नो सबैभन्दा कान्छो सन्तानमा आमाबाबुको सबैभन्दा बढि माया बसेको हुने सर्भेक्षणको ठहर छ ।

 

जेठो सन्तान खास

यद्यपि, कान्छो सन्तानलाई बढि माया गर्नुको यो अर्थ होइन कि अरु सन्तानलाई माया नै गर्दैनन् । यथार्थमा उनीहरुका लागि आफ्नो जेठो सन्तान खास हुन्छन् । आखिर उनीहरुको जिन्दगीमा पहिलो खुशी ल्याउने उही नै हो ।

 

कान्छो किन प्यारो ?

तर, जब पहिलो सन्तानको भाई वा बहिनी जन्मिन्छन्, आमाबाबाुको माया बाँडिन्छ । यो स्वभाविक हो कि आमाबाबुको ध्यान कान्छो सन्तानको हेरचाह र आवश्यकताहरुमा केन्दि्रत हुन पुग्छ ।

यस्तोमा ठूला बच्चाहरुले आफ्ना आमाबाबुबाट कम माया पाएको महसुस गर्छन् । यही भावनाले दाजुभाई र दिदी बहिनीबीच वैमनष्यताको बिऊ रोपिन्छ ।

यस अध्ययनका लागि बि्रगम यंग यूनिभर्सिटीको टिमले टिनएज बच्चा भएका ३ सय परिवारसँग प्रश्नोत्तर गरेको थियो । अध्ययनले देखायो कि आमाबुवाको माया पाउन ठूला बच्चाभन्दा साना बच्चाहरु बढि लालायित हुन्छन् ।

यदि घरका साना बच्चाहरुले आफु आमाबाबुको फेभरेट भएको महसुस गरे भने यस अवस्थामा आमाबाबु र बच्चाको सम्वन्ध मजबुत हुन्छ । यस्तो भएन भने प्रभाव उल्टो हुन्छ ।

अर्कोतर्फ ठूला बच्चाहरुका लागि उनी बाबुआमाका सबैभन्दा प्रिय हुन् कि होइनन् भन्ने कुराले खासै महत्व राख्दैन । उनीहरुले आमाबाबुको फेभरेट नभएको महसुस गरे तापनि सम्वन्ध सामान्य नै रहन्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको