२७ प्रतिशतले मात्र परिवार नियोजनका साधन प्रयोग गर्दै

शुक्रबार, २४ कार्तिक २०७४

 

काठमाडौं उपत्यकामा १५ देखि ४९ वर्षका प्रजनन उमेर समहुका २७ प्रतिशतले मात्र परिवार नियोजनको आधुनिक साधन प्रयोग गर्ने गरेको एक तथ्यांकले देखाएको छ।


काठमाडौँ जनस्वास्थ्य कार्यालयले आव २०७३÷२०७४को तथ्याङक अनुसार एक वर्षको अवधिमा ५ दशमलव २ प्रतिशत मात्र थपिएका छन्।

जनस्वास्थ्य कार्यालयले भने मेडिकलमा गएर परिवार नियोजन साधनका प्रयोग गर्ने हुनाले तथ्याङकले देखाएभन्दा बढी संख्यामा प्रयोगकर्ता रहने जनाएको छ ।

कार्यालयले आमागी आर्थिक वर्षबाट काठमाडौका सबै मेडिकललाई पनि रिर्पोट राख्न निर्देशन दिई त्यो रिर्पोट पनि समेट्ने तयारी भइरहेको जानकारी दिएको छ ।

कार्यालयका अनुसार आव २०७२/०७३मा २४ प्रतिशत थिए । त्यसैगरी आव २०७१/०७२मा २० प्रतिशत थिए । बढ्दो जन्मदर घटाउनका लागि सरकारले प्रजजन उमेर समुहलाई परिवार नियोजनको साधन प्रयोग गर्न प्रेरित गर्दै आएको छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको