गण्डकी अस्पतालले सार्वजनिक गर्‍यो तोडफोडका तस्बिर

शुक्रबार, २४ कार्तिक २०७४

 

पोखरा– गण्डकी शिक्षण अस्पतालले तोडफोडका तस्बिर सार्वजनिक गरेको छ । सिसि टिभी क्यामेरमा देखिएको तोफोडका र तोडफोडपछि निस्किदै गर्दाका केही तस्बिर सार्वजनिक गरेको हो । अस्पतालले तोडफोडमा संलग्न रहेकाहरुलाई रातो घेरा लगाएर सार्वजनिक गरेको हो । उपचार क्रममा सुत्केरी महिलाकोे मृत्यु भएपछि विवाद भएको हो । 
स्याङ्जा अर्जुनचौपारी १ कि गीता अर्यालयको अपरेशन गरेर बच्चा जन्माइएको थियो । अर्यालको निधनपछि मृतकका आफन्तले अस्पतालमाथि दोषी रहेको भन्दै आन्दोलन गरेका थिए । सोही क्रममा अस्पताल तोडफोड समेत भएको थियो ।  

अस्पताल र बिरामी पक्षबीचको बिबाद बढ्र्दै गएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले घटनाको छानविनका लागि पाँच सदस्यीय कमिटी गठन गरेको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ प्रसूती तथा स्त्रीरोग विशेषज्ञ डा रवी रेग्मीको संयोजकत्वमा छानविन समिति गठन भएको छ । घटनाको छानविन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन माग गरिएको छ । 

अस्पताल र चिकित्सकीय उपचारमाथि शंका लागे कानूनी उपचार खोज्ने अधिकार हुँदा हुँदै बिरामी पक्ष तोडफौड र हातपातमा उत्रिएको भन्दै डक्टर्स सोसाइटी नेपालले विरोध जनाएको छ । सोसाइटी महासचिव डा तोसिमा कार्कीले भनिन्, ‘घटनाका निस्पक्ष छानविन हुनुपर्छ । तर, तोडफोडमा संलग्नमाथि कारबाही हुनुपर्छ ।’

 

 

Source: Swasthyakhabar


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको