एमालेले टिकट नदिएपछि एमालेविरुद्ध कोमल ओलीको बागी उम्मेदवारी
शुक्रबार, १७ कार्तिक २०७४
काठमाडौं : प्रतिनिधि र प्रदेशसभामा टिकट पाउने आश्वासनसति राप्रपा छोडेर एमाले प्रवेश गरेकी गायिका कोमल ओलीले टिकट नपाएपछि एमालेविरुद्ध बागी उम्मेदवारी दिएकी छिन् ।
वाम गठबन्धनविरुद्ध दाङमा एमालेकी कोमल ओलीले बागी उम्मेदवारी दर्ता गरेकी हुन् । पूर्व सञ्चारकर्मी एवम् गायिका कोमल वलीले दाङ क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका लागि बागी उम्मेदवारी दिएकी हुन् ।
त्यस्तै दाङमै माओवादीका पोलिटब्यूरो सदस्य एंव पूर्व सभासद कुवेर ओलीले क्षेत्र नं ३ क बाट एमाले नेता शंकर पोख्रेलविरुद्ध प्रदेशसभा सदस्यका लागि बागी उमेदवारी दर्ता गराएका हुन् ।
एमाले प्रवेश गरेसंगै उनलार्इ चुनावको टिकट दिने आश्वासन दिइएको थियो तर उम्मेदवार मनोनयन दर्ता गर्ने बेला आफूलार्इ एमालेले टिकट नदिएर धोका दिएको ओलीले आरोप लगाएकी छिन्।
उनले भनिन्, एमाले प्रवेश गर्ने बेला मलार्इ टिकट दिने भनिएको थियो तर अहिले मलार्इ धोका दिने काम भयो। उनी दाङ ३ नम्बर क्षेत्रबाट प्रतिनिधि सभाको उम्मेदवार बनेकी छिन्। राष्ट्रिय झण्डासहित ओली केही समर्थकका साथ उम्मेदवारी मनोनयन गर्न निर्वाचन कार्यालय पुगेकी थिइन्।
बागीको बिगबिगी
वाम र लोकतान्त्रिक गठबन्धन बनाएर आफ्नो जित सुनिश्चित गरेका शीर्ष नेताका लागि बागी उम्मेदवार टाउको दुखाई बनेका छन् । तनहुँमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध कांग्रेसकै नेता गोविन्दराज जोशीले बागी उम्मेदवारी दिएका छन् । नेता जोशीले आफू नै नेपाली कांग्रेसको आधिकारीक उम्मेदवार भएको दाबी गर्दै बागी दिएका हुन् ।
कैलालीमा प्रधानमन्त्री देउवाकी पत्नी आरजु राणविरुद्ध क्षितिज भण्डारीले बागी उम्मेदवारी दिएका छन् भने दैलेखको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा कांग्रेस र राप्रपाका संयुक्त उम्मेद्वार दिपककुमार शाहीविरुद्ध पूर्व सांसद गणेशबहादुर चन्द बागी बनेका छन् । यस्तै, प्रदेशसभातर्फ क्षेत्र नम्बर १ क मा नरसिंह मल्ल र ख मा लक्ष्मण गुरुङले बागी उम्मेदवारी दिएका छन् ।
उता एमाले वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध काठमाडौं क्षेत्र नम्बर २ मा एलपी श्रेष्ठले बागी उम्मेदवारी दिएका छन् । उता सिन्धुलीमा हरिबोल गजुरेलविरुद्ध रामकुमार पौडेलले बागी बनेका छन् भने माओवादीकै लेखनाथ दहालविरुद्ध दिलबहादुर बिकले बागी बनेका छन् । सिन्धुलीमै एमालेका गणेश पहाडीविरुद्ध कुमार कार्कीको बागी परेको छ ।
बागीको बिगबिगी तताततै छ उता राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र फोरम अध्यक्ष उपेन्द्र यादव विरुद्ध पनि बागी उम्मेदवारी परेको छ । महन्थ ठाकुर विरुद्ध महोत्तरी–३ मा राजपाकै पूर्व सांसद चन्द्रेश्वर झाले बागी उम्मेदवारी दिएका छन् भने भने सप्तरी २ मा उपेन्द्र यादव विरुद्ध राजपाका नेता जयप्रकाश ठाकुर बागी बनेका छन् ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्