डिजेल, पेट्रोल र ग्यासको मूल्य बढ्यो

बिहिबार, १६ कार्तिक २०७४

काठमाडौं, नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ । आयल निगमले बुधबार रातको १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोलमा दुई रुपैयाँ, डिजल र मट्टितेलमा एक रुपैयाँ ५० पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ वृद्धि गरेको हो ।

निगमका निमित्ति कार्यकारी निर्देशक सुसिल भट्टराईका अनुसार अब उपभोक्ताले प्रतिलिटर पेट्रोल खरिदमा एक सय र डिजल र मट्टितेल खरिदमा ७५ रुपैयाँ ५० पैसा र ग्यासमा प्रतिसिलिन्डर १३ सय ५० तिर्नु पर्ने हुन्छ ।

निगमले आइओसीबाट नयाँ आएको मूल्य सूची अनुसार इन्धनको मूल्य समायोजन गरेको जनाएको छ । अहिले अन्तर्राष्ट्रिय बजारमा समेत कच्चा तेलको मूल्य बढिरहेको छ ।

भट्टराईको अनुसार मूल्य समायोजन नगरेको अवस्थामा निगमलाई अबको एक महिनामा २२ करोड घाटा हुने अवस्था आएपछि मुल्य वृद्धि गर्नुपरेको बताए । मूल्य समायोजन पछि निगमलाई अब यो महिना ४ करोड नाफा हुनेछ । अघिल्लो महिना निगमले १६ करोड नाफा गरेको थियो ।

साथै निगमले अबदेखि हवाई इन्धनको मूल्य पनि आइओसीले दिने प्रत्येक महिनाको नयाँ मूल्य सूची अनुसार समायोजन गर्ने निर्णय गरेको छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको