को, कसरी बन्छ लागू औषध दुर्ब्यसनी ?
सोमबार, १० माघ २०७३
नेपालमा लागु औषध तथा रक्सी पिउने समस्या बढ्दो छ । लागु औषध सेवन गर्ने बानीलाई ड्रग एवियुज भनिन्छ । खासगरी प्लस टू र क्याम्पस पढ्ने विद्यार्थीहरु यो समस्याबाट प्रभावित देखिन्छन् ।
कतिपय लागूपदार्थ दुव्र्यसनी यौन रोगबाट पिडित हुन्छन् र । उनीहरु लागु औषधका लागि जघन्य अपराधमा संलग्न हुन्छन् । करिब १० प्रतिशत दुव्र्यसनीहरु लागु औषध बेच्ने काम गर्छन् । एक तिहाई दुर्ब्यसनीहरुमा व्यक्तित्वको समस्या देखिन्छ । लागु औषध दुर्ब्यसनीलाई उपचार गर्ने केही उपचार केन्द्रले डाक्टरको सल्लाह बिना औषधि खान दिने र जटिल अवस्था भएपछि अस्पताल ल्याउने गरेको भेटिएको छ ।
पटक–पटक लागु औषध लिने हुनाले यस्ता मानिसको दिमाग सुस्त हुने र अन्य मानसिक रोग लाग्न गई अशक्त हुन्छन् । घरपरिवारमा झुटो बोलेर पैसा माग्ने र त्यही रकम ड्रगमा खर्च गर्ने गर्छन् ।
नेपालमा छात्रावासमा बसी पढ्ने विद्यार्थीहरुमा लागु औषध लिन सुरु गरेको प्रमाण पनि भेटिएको छ । यसमा अभिभावक र शिक्षकको चनाखो हुनुपर्ने देखिन्छ । कतिपय आमाबाबुले छोराछोरीलाई छाडा छाडिदिँदा पनि लागु औषध लिने प्रवृति भेटिएको छ । दुर्ब्यसनरोक्न समाज तथा सरकारको पनि दायित्व रहेको हुन्छ ।
नेपालमा लागु औषध दुर्ब्यसनको समस्या जटिल बनेको छ । काठमाडौं उपत्यका तथा भारतसंग सिमा जोडिएका सहरहरुमा दुर्ब्यसन बढ्दो छ । खास गरी स्कुल पढ्ने उमेर वा कलेज पढ्ने बिद्यार्थीहरुमा यो समस्या सुरु हुन्छ तर जुनसुकै उमेरमा पनि यसमा फसेको देखिएको छ ।

कसरी फस्छन् दुर्ब्यसनमा ?
- खराब साथीभाईको संगत
- आमाबाबुले छोराछोरीको वास्ता नगर्दा
- छोराछोरीलाई बढी नियन्त्रण गर्दा
- लागु पदार्थ सजिलै उपलब्ध हुँदा
- नयाँ कुरा अनुभव गर्न खोज्दा
- लागु पदार्थको खराब असर बारे थाहा नहुँदा
- मानसिक रोगबाट ग्रस्त हुँदा
- मनोरञ्जनको साधनको रुपमा लिँदा
- पारिवारिक बिखण्डन हुँदा
कस्तो अवस्थामा शंका गर्ने ?
- बिभिन्न बहानामा पैसा माग्ने वा धेरै खर्च भयो भने वा घरमा पैसा मागेमा ।
- घरका परिवारसँग घुलमेल हुन नरुचाउने
- बढी रिसाउने
- बिभिन्न बहानामा साथिहरुसँग घरबाट बाहिर निस्कने र ढिला घर आउने
- छात्राबासमा बसेतापनि पढाईमा प्रगति नभए
- स्कुलमा कक्षामा अनुपस्थित रहने
- पाखुरामा सुई लगाएको घाउ पनि हुन सक्छ
के खतरा हुन्छ ?
लागु औषधि सेवन गर्नाले औषधि मष्तिस्कमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा पुग्ने हुनाले मानसिक रोग लाग्छन् । शंका लाग्ने, डर लाग्ने, कानमा आवाज आउने, डिप्रेसन हुने आदि समस्या देखिन्छ । मानिसले दैनिक काम गर्न सक्दैन, रिसाहा बन्छ । इन्जेक्सनबाट औषधि लिँदा हेपाटाइटिस वी तथा एड्स जस्ता रोग लाग्दछन् ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्