राष्ट्रिय चिकित्सा विधेयकको प्रतिवेदन संसदमा पेश

बुधबार, ०४ असोज २०७४

 

काठमाडौं- संसदको महिला बालबालिका, समाज कल्याण तथा जेष्ठ नागरिक समितिबाट पारित गरिएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको प्रतिवेदन संसदमा पेश भएको छ।

 

पूर्व शिक्षामन्त्री तथा समितिका सदस्य धनीराम पौडलले प्रतिवेदन पेश गरेका हुन्। पटक-पटक अनशनरत डा गोविन्द केसीले राष्ट्रिय चिकित्सा विधेयक सच्याएर मात्र कानुन बनाउन संसदमा लैजानुपर्ने अडान राखे पनि मंगलबार समितिको प्रविवेदन संसदमा पेश गरिएको हो।

 

महिला बालबालिका, समाज कल्याणमा रहेको उक्त विधेयकलाई संसदमा पेश गर्ने विषयमा समितिका सदस्यबीच मतभेद थियो। विधेयकमा परेको संशोधन मिलाउन र डा केसीका माग सम्बोधन हुनेगरी प्रतिवेदन तयार पार्न समिति अन्तर्गत गठित कार्यदलका सदस्यहरुको फरक–फरक कुरा आएपछि विधेयक संसदमा पेश हुन सकेको थिएन।

 

लामो विवाद र कसरतपछि साउन २७ गते समितिले संशोधनसहित विधेयक पारित गरेको थियो। एमाले र माओवादीबीच प्रस्तावित मनमोहन मेडिकल कलेज र बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने सहमति भएपछि प्रतिवेदन संसदमा पेश गरिएको स्रोतले बतायो। मनमोहन एमाले र बिएन्डसी माओवादी नेताहरुको लगानी भएको मेडिकल कलेज हो।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको