प्रारम्भिक मतपरिणाम सार्वजनिकः एमालले लियो अधिकांश ठाउँमा अग्रता !
मङ्गलबार, ०३ असोज २०७४
उत्साहजनक रुपमा सम्पन्न भएको प्रदेश नम्बर २ को स्थानीय निर्वाचनको प्रारम्भिक मतपरिणाम सार्वजनिक हुन थालेको छ ।
धनुषाको मिथिला बिहारी नगरपालिका र सप्तरीको सप्तकोशी नगरपालिकामा भने एमालले अग्रता लिएको छ। बाराकै देवतालमा र धनुषाको गणेशनाथ चारनाथ नगरपालिकामा भने माओवादी केन्द्र अगाडी देखिएको छ।
बाराको फेटा र बारागढी गाउँपालिकामा कांग्रेसले प्रारम्भिक अग्रता लिएको छ। कांग्रेस सिरहाको कल्याणपुर र महोत्तरीको बर्दिबासमा अगाडि देखिएको छ। बर्दिबासमा माओवादी केन्द्रले कांग्रेसलाई पछ्याईरहेको छ। कल्याणपुरमा भने राजपाका उम्मेद्वारले पछ्याइरहेका छन्।
सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा फोरम नेपाल अगाडि छ भने सप्तरीको तिलाठीमा राजपा नेपालका उम्मेद्वार अगाडि देखिएका छन्। रातीबाटै मतगणना सुरु भएका ठाउँमा पनि दुई सय हाराहारी मात्र मत गनिएका छन्।
रौतहटको गौर र सिरहाको लाहानमा पनि मतगणना जारी छ। तर प्रारम्भिक परिणाम सार्वजनिक भएको छैन। मुख्य चासो रहेको वीरगञ्ज महानगरमा मतगणना सुरु भएको छैन् ।
त्यस्तै जनकपुर, कलैया र जितपुर सिमरा उपमहानगरपालिकामा पनि बिहान ८ बजे पछि मतगणना सुरु गर्ने तयारी भएको छ । सर्लाहीको लालबन्दीमा भने बाढीका कारण मतपेटिका संकलन हुन सकेको छैन।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्