अछामको बयलपाटा अस्पतालमा पहिलोपल्ट हड्डी प्रत्यारोपण

बिहिबार, २९ भदौ २०७४

 

अछाम– जिल्लामै पहिलो पटक हड्डीको प्रत्यारोपण सफल भएको छ । जिल्ला स्थित सामुदायिक अस्पताल बयालपाटामा हड्डी प्रत्यारोपण सफल भएको हो । डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर १ कि ४० वर्षीया कृष्णा बिस्टको दाहिने खुट्टामा हड्डीको सफल प्रत्यारोपण भएको हो । पाँच वर्षअघि लडेर दाहिने खुट्टाको हड्डी भाचिएको कृष्णाको बयालपाटा अस्पतालका हार्डजोर्नी बिशेषज्ञ डाक्टर मन्दिप पाठकको टोलीले सफल हड्डी प्रत्यारोपण गरेको हो । 

 

खुट्टा भाँचिएपछि उनले खुट्टको अत्तरियामा सल्यक्रिया गराइन् तर सञ्चो नभएपछि उनी बयालपाटा अस्पतालमा उपचार आएकी थिइन् । उनको शल्यक्रिया सफल भएको अस्पतालका डाक्टर बिकाश गौचनले बताए।

 

अत्तरियामा शल्यक्रिया हुँदा करिब एक लाखको हाराहारीमा पैसा खर्च पनि भएपनि पाँच वर्षसम्म हड्डी राम्रोँंग नजोडिएको हिँड्न गाह्रो भइरहेको थियो । बयलपाटामा हाडजोर्नी सम्बन्धि निःशुल्क  सेवा रहेको सुनेपछि यहाँ आएको उनको बताइन् । निःशुल्क सफल शल्यक्रिया भएपछि हर्षित भएकी उनले अब राम्रोसँग हिँड्न सक्ने् अपेक्षा गरिन्।

 

यस्तो शल्यक्रिया बयालपाटा अस्पतालमा पहिलो पटक भएको चिकित्सा सेवा तथा शिक्षाका निर्देशक डा. विकास गौचनले बताए। उनका अनुसार कृष्णाको शल्यक्रिया गर्दै गर्दा जटिल अवस्थाको गर्भवती पनि आएकाले  अर्को अस्थायी अपरेशन कक्ष बनाएर शल्यक्रिया गरी आमा र बच्चाको ज्यान जोगाउन सफल भएका छन्। 

 

Source: Swasthyakhabar


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको