नाकको अप्रेशन गर्दा बिरामीको मृत्यु भएपछि ओम अस्पतालमा तनाव ग्रस्त

बुधबार, २८ भदौ २०७४

 

काठमाडौं, नाकको अप्रेशन गर्दा एक महिला बिरामीको मृत्यु भएपछिको काठमाडौं चावहिलस्थित ओम अस्पतालमा तनावग्रस्त भएको छ ।

गएको शनिबार भर्ना भएकी रुपन्देही बुटवलकी ४० वर्षिय कमला भट्टराईको अप्रेशनका क्रममा बुधबार मृत्यु भएपछि मृतकका आफन्तले अस्पताल परिसरमा नाराबाजी गरेका हुन् ।

नाकको कुरकुरै हाड सोझ्याउन अस्पातल भर्ना भएकी भट्टराईको चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको मृतकका आफन्तले आरोप लगाएका छन् ।

उनको अपचारमा अस्पतालका नाक, कान, घाँटी विशेषज्ञ डा. राजेन्द्रप्रसाद गुरागाईं संलग्न थिए । बिरामीको मृत्युबारे छानबिन गर्नुपर्ने तथा अस्पतालले आफ्नो लापरबाही स्विकारेर माफी नमागेसम्म आन्दोलन जारी राख्र्ने मृतकका आफन्तहरुले चेतावनी दिएका छन् ।

यता अस्पताल प्रशासनले भने भट्टराईको उपचारमा चिकित्सकको लापरबाही नभएको भन्दै आरोप अस्वीकार गरेको छ । तर, घटनाका बारेमा छानबिन गर्न सकिने अस्पताल प्रशासनले जनाएको छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको