पुट्ट बाहिर निस्केको पेटलाई भित्र पसाउने घरेलु उपायहरु
बिहिबार, २२ भदौ २०७४

आजभोली को विलासी रहन सहन तथा व्यस्त जिन्दगि को कारण ले मोटो मानिसको संख्या तेज गतिले बढि रहेको छ । धेरै मानिसहरुले शुरुवातमा मोटोपनमा त्यति ध्यान दिदैंनन् । तर जब मोटोपन धेरै बढेपछि त्यसलाई घटाउन घण्टौं पसिना बगाउँछन् । मोटोपन घटाउनको लागि खानपीनमा सुधार जरुरी छ । केही प्राकृतिक चीजहरु यस्ता हुन्छन् । जस्को प्रयोगले तौललाई नियन्त्रण गर्न सकिन्छ । यदि तौल घटाउन तपाइँ धेरै मेहनत गर्न सक्नुहुन्न भने तपाइँलाई आज हामी सजिलो उपायबारे जानकारी दिन्छौं ।
निम्न उपाय अपनाई तपाइँले आफ्नो तौल घटाउन सक्नुहुन्छ:
१. धेरै कार्बोहाइड्रेट भएको खाद्यपदार्थ त्याग्नुहोस् । चीनी , आलु र चामलमा कार्बोहाइड्रेट बढि हुन्छ । यस्ले बोसोलाई बढाउँछ ।
२. गहुँको रोटि मात्र खानुभन्दा गहुँ, भटमास र चना मिश्रित आटाको रोटि धेरै फाईदाजनक हुन्छ ।
३. दिनहुँ बन्दागोभीको जुस पिउनुहोस् । बन्दागोभीमा बोसो घटाउने गुण हुन्छ । यस्ले शरीरको मेटाबोलिज्म ( शरीरको रासायनिक परिवर्तन हुने प्रक्रिया ) लाई ठिक गर्दछ ।
याे पनी पढ्नुहाेसः तौल घटाउँन चाहनुहुन्छ? बिहानको ८ बज्नअघि गरिसक्नुस् यी ७ काम
४. मेवा नियमित रुपमा खानुहोस् । यो हरेक मौसममा पाईन्छ । लामो समयसम्म मेवाको प्रयोग गर्नाले यसबाट कम्मरको बोसो कम हुने हुन्छ ।
५. दही खानाले शरीरको अनावश्यक बोसो घट्दछ । मोहीको प्रयोग दिनको २–३ पटक गर्नुहोस् ।
६. पीपलको धुलो बनाई त्यसलाई कपडाले छान्नुहोस् । यस धुलोलाई हरेक बिहान मोहीसँग खानाले बाहिर निस्केको पेट भित्र पस्दछ ।
७. अमला र बेसारलाई बराबर मात्रामा पिसेर धुलो बनाउनुहोस् । यस धुलोलाई मोहीसँग खानुहोस् । यसबाट कम्मर पातलो हुन्छ ।
८. हरियो मरिच वा कालो मरिच खानामा राखी खानाले तौललाई घटाउन सक्दछ । एक खोजअनुसन्धानमा पाईएको छ की तौल कम गर्ने सबैभन्दा राम्रो तरिका मरिच खानु हो । मरिचमा पाईने तत्व कैप्साइसिनले गर्दा चाडैं भोक लाग्दैन । जस्ले गर्दा तौल घटाउन मद्धत पुग्छ ।
९. एक चम्चा पुदिनाको रसलाई २ चम्चा महसँग मिलाउनुहोस् । र यसलाई नियमित रुपमा प्रयोग गर्नाले मोटोपन घट्दछ ।
१०. सागसब्जी र फलफूलमा क्यालोरी कम हुन्छ । त्यसैले यसको प्रयोग धेरै मात्रामा गर्नुहोस् । केरा नखानुहोस् । यसले मोटोपन बढाउँदछ। पुदिनाको चिया बनाएर खानाले मोटोपन घट्दछ ।
११. खानासँगै गोलभेडा र प्याजको सलादमा कालो मरिच र नुन हालेर खानुहोस् । यसको प्रयोगले भिटामिन सी , भिटामिन ए , भिटामिन के , आइरन, पोटासियम , लाइकोपीन र ल्युटिन प्राप्त हुन्छ । यसलाई खानाले पेट चाडैं भरिन्छ र तौलमा नियन्त्रण हुन्छ ।
१२. विहान उठ्ने बितिक्कै २५० ग्राम गोलभेडाको रस २–३ महिनासम्म पिउनाले पेट भित्र पस्दछ ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
थप सामग्री
सन्तानलाई पाककलामा कसरी पोख्त बनाउने, पढ्नुहोस् यी टिप्स
बच्चालाई सजिलो खानेकुरा बनाउने कला सिकाउनु पर्छ । जस्तो चिया पकाउने, अण्डा उसिन्ने । यससँगै उनीहरु क्रमस भान्सामा काम गर्न...
वर्षामा दमको रोगीले अपनाउनै पर्ने ११ टिप्स
वर्षायाम दम रोगीका लागि अनुकुल मानिँदैन । यस मौसममा दम रोगीको समस्या थप बढ्छ । र, रोगीलाई श्वासप्रश्वासमा कठिनाई हुन्छ...
स्वस्थ्य टिप्स: जानि राखौ किन पोल्छ पेट ?
पेट पोल्ने समस्या हामी धेरैमा हुन सक्छ । सामान्यतया खाली पेटमा वा बिहान उठ्ने बित्तिकै धेरैलाई पेट पोल्ने र अमिलो...
टीनएजमा हुनुहुन्छ ? पढ्नुहोस् १६ ब्युटी टिप्स
टिनएज चन्चलताले भरिएको उमेर हो । यहिबेला उनिहरुको व्यक्तित्व विकास, शिक्षा, स्वास्थ्य, सौन्दर्य लगायतका हरेक विषयमा सहि तरिकाले समायोजन गर्न...
पुरुषको तौल बढाउने ६ टिप्स
खानामा आवश्यक मात्रामा भिटामिन तथा मिनरलयुक्त खाना समावेश नगर्नाले तथा अत्याधिक शारीरिक क्रियाकलापको कारण शरिरको तौल बढ्न पाउदैन । यदि...
डा. भन्छन हृदयघातबाट बच्ने महत्वपूर्ण टिप्स आफुले पनि जानौ र अरुलाई पनि बताउ
हाम्रो नियन्त्रणमा नभएका चिजहरू जस्तै उमेर, लिंग र वंशानुगत कारणले हुने समस्यालाई रोक्न सकिँदैन । तर हाम्रो आफ्नै कारणले निम्त्याइएको...
टीनएजर्सलाई उपयाेगी हेल्दी स्किन टिप्सहरु
टिनएज चञ्चलताले भरिएको उमेर हो । यहि बेला उनिहको व्यक्तित्व बिकास, शिक्षा, स्वास्थ्य,सौन्दय तगायतका हरेक बिषयमा सहि तरिकाले समायोजन गर्न सक्नुपर्दछ ।...