कसरी बिना दुखाई बच्चाको दाँत फुकाल्ने

बिहिबार, २२ भदौ २०७४

 

बच्चाको दाँत फुत्किनु आम कुरा हो । पहिलो पटक उमि्रएको सबै दाँत फेरिन्छ । यसलाई ‘दुधे दाँत’ भनिन्छ ।

सामन्यत ६ देखि ८ महिनाको अवधीमा दाँत फुत्कन थाल्छ । केहि बर्षसम्म लगभग सबै दाँत फेरिन्छ ।
दाँत फुत्कने सुरुवाती चरणमा बच्चालाई ज्वरो आउन सक्छ । त्यस्तै कतिपय अवस्थामा दाँत फुकाल्न पनि गाह्रो हुन्छ । यस्तो अवस्थामा के गर्ने ? यहाँ केहि उपाय दिइएको छ ।

 

गाजर ख्वाउनुहोस्

यदि बच्चाले ठोस पदार्थ खान सुरु गरिसकेको छ भने उसलाई गाजरको एउटा टुक्रा चपाउन दिनुहोस् । यो चिसो हुनुपर्छ । यसले उसको गिजाको दुखाई कम गर्छ ।

एक लामो गाजरलाई धोएर बोक्रा ताछ्ने । त्यसलाई १५ देखि २० मिनेटसम्म पि|mजमा राखेर चिस्याउने । र, बच्चालाई खान दिने ।

ध्यान दिनुपर्ने कुरा चाहि उसले राम्ररी नचपाई अड्काउन सक्छ । त्यसैले होसियारी अपनाउनु पर्छ । साथै अत्याधिक चिसो गाजर पनि दिनु हुँदैन ।

 

गिजाको मसाज

कहिले कहिं गिजाको मसाजले पनि बच्चाको दाँत निकाल्न सहज हुन्छ । गिजालाई हल्कासँग मसाज गरिदिनुपर्छ ।

औंला सफा गरेर एक मुलायम कपडा लिनुहोस् । त्यसले गिजामा केहि सेकेन्ड रगड्ने । सुरुमा त बच्चाले असहज मान्न सक्छ । तर, विस्तारै बानी पर्छ र शान्त हुन्छ ।

 

सब्जीको रस

गाजर र चुकन्दरजस्ता सब्जी बच्चाका लागि एकदमै फाइदाजनक हुन्छ । यस सब्जीमा सुन्निने कम गर्ने गुण हुन्छ । १ कप गाजर र १ कप चुकन्दरको रस निकाल्ने । त्यसलाई मिसाएर बरफको टुक्रा हाल्ने । यसलाई फ्रिजमा राख्ने । त्यसपछि बच्चालाई पिउन दिने ।

 

खुट्टाको मसाज

यदि दाँतको कारण बच्चा अशान्त भयो वा रुन थाल्यो भने उसलाई शान्त तुल्याउन खुट्टाको मसाज गरिदिनु पर्छ । यसले बच्चालाई शान्त तुल्याउँछ र निन्द्रा लगाउँछ । बच्चाको दाँत निकालिरहेको बेला पनि खुट्टामा मसाज गरिदिनु खासगरी औंलाहरुमा मालिस गरिदिनु राम्रो हो ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको