के हो पायल्स ? यस्ता छन् यसका कारण र उपचारका ९ उपाय

बुधबार, २१ भदौ २०७४

 

आयुर्वेदिक एक्सपर्ट र व्यवसायी डा. अबरार मुल्तानीका अनुसार खानपिन र जीवनशैलीका कारण धेरैजसो मानिसलाई पायल्सको समस्या हुने गर्दछ तर यसको पछाडि वंशानुगत इतिहास पनि हुनसक्छ ।

 

याे पनि पढ्नुहाेसः  खुट्टाको नशा फुल्ने समस्याको यस्तो छ उपचार विधि

 

पायल्स हुने ५ कारणः

१. कब्जियतः

यो पायल्स हुने सबैभन्दा ठूलो कारण हो । पेट राम्रोसँग सफा नहुँदा गुद्वारमा मासुको डल्लो पलाउने गर्दछ ।

२. बसेर गर्नुपर्ने कामः

धेरै बेरसम्म बसिरहनुपर्ने कामले पनि पायल्सको समस्या हुनसक्छ ।

३. गर्भावस्थाः

गर्भावस्थाको क्रममा पाचन समस्या हुने गर्दछ । यसले गर्दा थुप्रै महिलालाई पायल्सको समस्या हुने गर्दछ ।

४. जीवनशैलीः

धुम्रपान, मद्यपान, जंक फूडजस्ता खानेकुरा धेरै खाँदा पनि पाचन क्रिया बिग्रने गर्दछ र पायल्स हुने गर्दछ ।

५. वंशानुगतः

परिवारमा कसैलाई समस्या छ भने आउने पीढिलाई पनि यो हुने सम्भावना हुन्छ ।

याे पनि पढ्नुहाेसः  के तपाईंलाई अल्सर छ ? थाहा पाउनुस् यसरि यसका संकेत हरु

 

उपचारका तरिकाः

नीमको कोमल पातलाई घ्यूमा भुटेर त्यसमा थोरै कपुर हाल्नुहोस् र पायल्सको मासुमा लगाउनुहोस् ।

कालोमरिच र कालो जिराको पाउडर आधा चम्चा दैनिक महसँगै खाँदा पाइल्सबाट राहत पाइन्छ ।

लौकाको पातलाई पिसेर पायल्सको मासुमा नियमित लगाउँदा केही दिनमा फाइदा हुनथाल्छ ।

तुलसीको पातलाई पानीसँग पिसेर लगाउँदा जलनबाट राहत महसुस हुन्छ । पलाएको मासु पनि बिस्तारै ठिक हुन्छ ।

याे पनि पढ्नुहाेसः  स्क्रवटाइफस प्रकोप : बेलैमा पहिचान गरे, उपचार सहज

 

अमलाको पाउडरलाई पानीमा घोलेर रातभरी माटोको भाँडोमा राख्नुहोस् । बिहान मिश्री मिसाएर पिउनुहोस् ।

काँचो प्याजलाई मसिनो आँचमा भुट्नुहोस् । यसको पेस्ट बनाएर मासु पलाएको ठाउँमा लगाउँदा केही दिनभित्र फाइदा हुन्छ ।

चियाको पत्ती पिसेर पेस्ट बनाउनुहोस् र त्यसलाई तातो बनाएर मासु पलाएको ठाउँमा लगाउनुहोस् । केही दिनमा मासु सुक्नेछ ।

एक मुट्ठी कालो तिललाई एक कचौरा दहिसँग दैनिक खाँदा रगत आउने पायल्सको समस्यामा फाइदा पुर्याउँछ ।

मेहेन्दीको पातलाई पानीमा पिसेर लगाउँदा केही दिनमा पलाएको मासु सुक्ने गर्दछ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

थप सामग्री

क्यान्सरको उपचारमा नयाँ युग : अब पूर्णरुपमा निको हुनसक्छ क्यान्सर

बैज्ञानिकहरुले क्यान्सर उपचार नयाँ युगमा प्रवेश गरेको बताएका छन् जसमा विरामीहरुले उनीहरुको ट्युमरसँग मिल्दो औषधी पाउनेछन्। ...

मृगौला प्रत्यारोपण : कसरी र कुन अवस्थामा गरिन्छ

थाहा भएकै हो, शरीरमा दुई वटा मृगौला हुन्छ । एउटा मृगौलाको अनुपस्थितीमा अर्कोले त्यसको भरथेग गर्छ । तर, मृगौला खराब...

खुट्टाको नशा फुल्ने समस्याको यस्तो छ उपचार विधि

खुट्टाको नशा फुल्ने समस्या (भेरिकोज भेन) धेरैलाई हुन्छ। खुट्टामा नशा फुल्दै गएपछि त्यसले खुट्टाको स्वरुप नै खराब देखिन्छ। यसरी नशा...

अब पूर्णरुपमा निको हुनसक्छ क्यान्सर

अमेरिकी फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले क्यान्सर उपचारमा प्रयोग गर्न नयाँ प्रकारको उपचार पद्धतिलाई स्वीकृति दिएको छ। ...

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको