नेपालमा ९८ दिन, भारतमा २६ हप्ता दिइन्छ सुत्केरी बिदा, थाहा पाउनुस् अन्य देशमा कति छ ?
शनिबार, १७ भदौ २०७४

संसारभरी सुत्केरी विदाको प्रावधान भिन्न भिन्न छ । आज हामी तपाईंलाई नेपालसहित संसारका १० अन्य देशमा सुत्केरी बिदाको प्रावधान कस्तो छ, त्यसबारे जानकारी दिन्छौं ।
नेपालः
बिदाः १४ हप्ता
नेपालको निजामती सेवा ऐन २०४९ मा सरकारी निकायमा कार्यरत महिला कर्मचारीको हकमा ९८ दिन तलबी रुपमै प्रसूती बिदाको व्यवस्था गरिएको छ । साठी दिन दिँदै आएकोमा पछिल्लोपटक ऐन संशोधन भएसँगै प्रसूती बिदाको सीमा बढाइएको हो । सुत्केरी महिलाले चाहेको खण्डमा अन्य बिदामा कट्टा नहुने गरी थप ६ महिनासम्म बेतलबी बिदा पाउनेछन् र उक्त बिदा प्रसूती बिदासँग लगातार लिनुपर्ने व्यवस्था छ ।
भारत
बिदाः २६ हप्ता
तलबः शत प्रतिशत
अमेरिका
बिदाः १२ हप्ता
तलबः बेतलबी
रुस
बिदाः १ सय ६६ हप्ता
तलबः पहिलो २० हप्तासम्म शत प्रतिशत त्यसपछि बच्चा डेढ वर्ष हुञ्जेल ४० प्रतिशत
जर्मनी
बिदाः ५८ हप्ता
तलबः १४ हप्तासम्म शत प्रतिशत र त्यसपछि ६५ प्रतिशत
नर्वे
बिदाः ६१ देखि ९१ हप्ता
तलबः ६१ हप्तासम्म शत प्रतिशत वा ९१ हप्तासम्म ८० प्रतिशत
क्यानडा
बिदाः ५२ हप्ता
तलबः साधारणतया ५० प्रतिशत, गरिबलाई ८० प्रतिशत
डेनमार्क
बिदाः ५२ हप्ता
तलबः ५५ प्रतिशत
इस्टोनियाः
बिदाः १ सय ६६ हप्ता
तलबः पहिलो २० हप्तासम्म शत प्रतिशत, २१ औं हप्तादेखि ४५ प्रतिशत
क्यूबा
बिदाः २६ हप्ता
तलबः पहिलो १८ हप्तासम्म शत प्रतिशत, त्यसपछि २० प्रतिशत
उज्बेकिस्तानः
बिदाः २६ हप्ता
तलबः पहिलो १८ हप्तासम्म शत प्रतिशत, त्यसपछि २० प्रतिशत
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्