फ्रिजको दुर्गन्धबाट पार पाउने पाँच प्रभावकारी घरेलु उपाय
शनिबार, १७ भदौ २०७४

फ्रिजमा राखिएका खानेकुराको गन्ध एकआपसमा मिलेर दुर्गन्धमा परिणत हुन्छ । अथवा फ्रिजभित्रै केही खानेकुरा कुहियो भने पनि दुर्गन्ध फैलिने गर्दछ ।
फ्रिजमा खानेकुरा सुरक्षित होस् भनेर राख्ने गरिन्छ तर यदि फ्रिजबाट दुर्गन्ध आउन थाल्यो भने बुझ्नुहोस् कि यहाँ राखिएका खानेकुरा सुरक्षित छैनन् । यस्तोमा फ्रिजको दुर्गन्ध हटाउन निकै आवश्यक छ । फ्रिजबाट यस्ता गन्ध हटाउनका लागि यी घरेलु तरिका अपनाउन सक्नुहुन्छ ।
१. खाने सोडाः
खाने सोडालाई एउटा कचौरामा राखेर फ्रिजभित्र राखिदिनुहोस् । यसले फ्रिजको दुर्गन्ध हट्ने गर्दछ । तपाईं यसलाई स्थायी रुपमा पनि प्रयोग गर्न सक्नुहुन्छ ।
२. सुन्तला वा पुदिनाको जुसलेः
सुन्तला वा पुदिनाको जुसले दुर्गन्ध हटाएर फ्रिजलाई सुगन्धले भरिदिन्छ । यसमा दुर्गन्ध सोस्ने क्षमता हुन्छ । तपाईं जुन पानीले फ्रिज सफा गरिरहनुभएको छ, सुन्तला र पुदिनाको रसको केही थोपा त्यसमा मिसाउनुहोस् । तपाईं चाहनुहुन्छ भने यसलाई कचौरामा राखेर सधैंका लागि फ्रिजभित्रै राख्न सक्नुहुन्छ ।
३. कफीको बियाँः
कफीको केही बियाँलाई कचौरामा राखेर फ्रिजमा राख्नुहोस् । फ्रिजबाट दुर्गन्ध त जान्छ नै फ्रिजभित्र कफीको बास्ना आउँछ ।
४. कागतीः
तपाईंले चाहेको खण्डमा कागती रसलाई पानीसँग मिसाएर राख्न सक्नुहुन्छ । अथवा काटिएको कागतीलाई यत्तिकै फ्रिजमा राख्न सक्नुहुन्छ ।
५. पत्रिकाः
पत्रिकाले फ्रिजको दुर्गन्धलाई सोस्ने काम गर्दछ । फ्रिजमा राखिने खानेकुरालाई पत्रिकाले छोप्न पनि सक्नुहुन्छ । यस्तो गर्न चाहनुहुन्छ भने फ्रिजमा पत्रिकाको एक बंडल राखिदिनुहोस् । दुर्गन्ध हट्ने गर्दछ ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्