धुम्रपानबारे झुटा हुन् यी पाँच कुरा, के हो वास्तविकता ?
शनिबार, १७ भदौ २०७४

धुम्रपानबारे विभिन्न प्रकारका भ्रम प्रचलित छन् जस्तै यदि स्वस्थ खानाको सेवन गरे यसको नकारात्मक असर कम हुन्छ । तर यो कुरा एकदम गलत हो । यस्ता विभिन्न भ्रम छन् । (३१ मार्च) मा वर्ल्ड नो टोबेको डेको मौकामा धुम्रपानका केही भ्रमबारे कुरा गरिएको छ र यसका वास्तविताबारे पनि ।
डब्लूएचओका अनुसार संसारमा हरेक वर्ष लगभग ६४ लाख मानिसहरुको मृत्यु धुम्रपानका कारण हुन्छ । यसको गम्भीरता देखेर डब्लूएचओले सन् १९८७ देखि वर्ल्ड नो टोबेको डे मनाउने निर्णय गरेको छ ता कि मानिसहरुलाई धुम्रपानको नोक्सानीबारे जागरुक गराउन सकियोस् ।
भ्रम १ः चुरोट पिउनुका साथै यदि खानपिन स्वस्थ भयो भने त्यसले हानी गर्दैन ।
वास्तविकताः चुरोटको प्रत्यक्ष असर फोक्सोमा पर्छ जसको खानपिनसँग कुनै सम्बन्ध हुँदैन । त्यसकारण स्वस्थ खानपिनका बाबजुद पनि चुरोटले आफ्नो असर देखाउन छोड्दैन ।
भ्रम २ः लाइट वा माइल्ड चुरोटले धेरै हानी गर्दैन ।
वास्तविकताः अनुसन्धानका अनुसार लाइट चुरोट पिउने बेला प्रयोगकर्ताले अत्यधिक धुँवा तान्ने गर्दछ जसका कारण लाइट चुरोटले पनि अन्य साधारण चुरोटले जस्तै हानी पुर्याउँछ ।
भ्रम ३ः ई–सिगरेटले हानी गर्दैन ।
वास्तविकताः अनुसन्धानका अनुसार ई–सिगरेटमा पनि साधारण चुरोटजस्तो हानिकारक रसायन पाइन्छ । यसले पनि क्यान्सरको समस्या निम्त्याउन सक्छ ।
भ्रम ४ः चुरोटमा पाइने निकोटिन र टारले मात्र हानी गर्दछ ।
वास्तविकताः चुरोटमा निकोटिज र टार मात्र हुने कुरा गलत हो । यसका साथै यसमा एरोमेटिक हाईड्रोकार्बनजस्ता विभिन्न हानिकारक रसायन पाइन्छ जसले क्यान्सरको समस्या पैदा गर्दछ ।
भ्रम ५ः यदि चुरोटको मात्रा कम गरियो भने त्यसले नोक्सानी गर्दैन ।
वास्तविकताः दिनभरी चाहे एउटा मात्र चुरोट पिउनुहोस् तर यसले फोक्सोलाई हानी गरेकै हुन्छ । त्यसकारण चुरोटलाई कम गर्ने होइन यसलाई छोड्दा नै राम्रो ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्