पुरुष र महिलामा कसलाई बढी यौन इच्छा हुन्छ ?

शुक्रबार, १६ भदौ २०७४

 

यौनका बारेमा थुप्रै अनुशन्धान हुने गरेको छ तर पनि महिला र पुरुषको यौन चहाना ठ्याक्कै मापन गर्न कठिन भएको बताउँछ यौन स्वास्थ्य विज्ञानले । तरपनि, समग्रतामा बराबरी नै हुने पनि यौन मनोवैज्ञानिकहरुले बताएका छन् ।

मानिस बसेको समाजिक बनावट, संस्कार, पेशा, वातावरण आदिले गर्दा उसको यौन चाहना उसको व्यक्तिमा भर पर्दछ । त्यो कुनै ठाउँमा महिलालाई र कनै अवस्थामा पुरुषलाई बढी यौन इच्छा हुनसक्दछ । लैङ्गिक दृष्टिकोणले पनि यौन चाहना बराबरी हुन्छ भनिएको छ । मानिस कुन वातावरणमा बसेको छ ? आर्थिक समाजिक अवस्था कस्तो छ ? आदि मुद्धाले पनि यौन चाहनामा फरक पार्न सक्दछ ।


त्यसको अलावा मानसिक अवस्था कसको कस्तो छ भन्ने कुरा चाहिं सबै भन्दा महत्वपूर्ण हुन्छ । तनाव पीडा, डर, कामको अत्यान्तै व्यस्तता आदि अवस्थामा यौन इच्छा स्वभाविक रुपमा कम भएको हुन्छ । मानिसले सधै गर्ने चिन्तनले पनि यौन इच्छमा भर पर्दछ । यौनसम्पर्कमा सधैं आसक्ती भइरहने मानिसलाई अलिबढी पनि हुनसक्दछ । किनकि उसको त्यसैमा बढी सोचिरहने समय हुन्छ । यौनसम्पर्क जीवन चक्रको धेरै प्रणाली मध्ये एउटा हो र यसलाई सामान्य रुपमा लिने हो भने तिब्र इच्छा नहुन पनि सक्दछ । यौन जन्य वा यौनलाई प्रभाव पार्ने रसायन ९ विभिन्न किसिमका हर्मनहरु वा यौन रागरसहरूको उत्पादन र त्यसको प्रभावले गर्दा यौन ईच्छाको स्तर भने फरक परेको हुन्छ ।

यौन सम्पर्कको आकर्षण, उपलब्धता र तयारीको अवस्थाले पनि चाहनामा फरक पार्दछ । झट्ट बुझिँदा यौन चाहना बढी हुने महिला भन्दा पुरुनै भएको देखिन्छ किनकि प्राय ठाउँहरुमा पुरुषले यौन सम्पर्कको प्रस्ताव राखेको हुन्छन र कतिपय बेलामा पुरुषले महिलालाई यौनसम्पर्कको लागि दबाव दिएका हुन्छन् । जसलाई बढी चाहना हुन्छ उसले नै बढी दवाव दिने हो भन्ने दृष्टिकोणले पुरुषमा बढि भएको जस्तो देखिन्छ । तर, यसको सबै सत्यता हुँदेन किनकि यौनका बारेमा कुरा गर्न पुरुषलाई अलि बढी छुट दिने साह्रै पुरानो परम्परा भएकाले यसको प्रभाव परेको हो । महिलाले पहिला यौन प्रस्ताव राख्दा पुरुषले उ प्रति असाध्यै नकरात्मक दृष्टिकोण बनाउँदछ । त्यसम पनि विवाहित जोडीमा त श्रीमानले अनेको शंका गर्न सक्दछ । ‘भन्न नसकेको मात्रै हो महिलालाई बढी यौनसम्पर्कको चाहना हुन्छ’ भन्ने महिलालाई अपहेलना वा लाञ्छना लागाउँने गरिन्छ । यो पनि पुरुषले महिला माथि गरेको अपहेलना हो ।

पुरुष प्रधान समाज भएकाले अधिकांश महिलाले आफ्नो यौन चाहना दवाएर राख्न बाध्य पारिएको छ । यस्ता किसिमका अनेको धारणाहरु समाजमा अझै पनि पाइन्छ । अलि बढी रसिक स्वाभावका वा स्पष्ट कुराकानी गर्ने महिलाई पनि कतिपय समाजमा यौन चाहना बढी भएको महिलाको दृष्टिकोणले हेरिने गरेको छ । त्यस्तै, उहि समाजमा कम बोल्ने स्वभावका महिलालाई पनि त्यस्तै आरोप लगाएका हुन्छन उखान टुक्का जोडेर जस्तैः ‘कुराउटेले गाल पार्छ, घुसघुसेले ताल पार्छ ।’ समाजमा यस्ता अनेकौ किसिमका धारणहरु छन तापनि कहिले यौनजोडीहरु उत्तिकै सक्रिय हुन्छन् त कहिले महिला वा पुरुष अगाडी तयार भइ यौन सम्पर्क गर्छन तर आनन्दका लागि दुबैको सहमति र समान सहभागिता महत्वपूर्ण हुन्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको