इनर्जी ड्रिंक्स पिउनुहुन्छ ? साबधान ! यस्ताे समस्या निम्त्याउन सक्छ ।

सोमबार, १२ भदौ २०७४

 

थकान वा कमजोर महशुस हुँदा इनर्जी ड्रिंक्स पिउने गरे पनि नियमित आवश्यकता भन्दा बढी पिउँदा यसले स्वास्थ्यमा नै नकरात्मक असर पार्छ । शरिरलाई तत्कालै तन्दुरुस्त बनाउन विभिन्न प्रकारका पेय पर्दाथ बजारमा पाइने भए पनि यसले स्वास्थ्यमा नकारात्मक असर गर्छ ।

मुटु रोगः आवश्यकता भन्दा बढी (दैनिक २५० एमएल) भन्दा बढी इनर्जी ड्रिंक्स खाएमा मुटु रोगको खतरा बढी हुन्छ । विशेष गरी किशोर किशोरीलाई यो खतरा बढी हुन्छ ।

डायबिटिजः इनर्जी ड्रिंक्समा चिनीको मात्रा (फ्रक्टोज) बढी हुने भएकोले डायबिटिजको खतरा हुन्छ ।

बीपी उच्चः इनर्जी ड्रिंक्समा क्याफिनको मात्रा बढी हुने भएकोले उच्च रक्तचापको खतरा हुन्छ ।

माइग्रेसन र टाउकोको दर्दः इनर्जी ड्रिंक्समा हुने कफीनका कारण माइग्रेसन र शिर दर्दको समस्या हुन्छ ।

एंग्जाईटी डिसअर्डरः इनर्जी ड्रिंक्समा रहने क्याफिनले एंग्जाईटी हुन्छ । मुटुको गति तेज हुन्छ, ठन्डा पसिना आउने र हात काँप्ने लगायतका समस्या देखिन्छन् ।

निन्द्रामा समस्याः इनर्जी ड्रिंक्सको कफीले निन्द्रा नलउने लगायत अन्य स्वास्थ्य सम्बन्धि समस्या निम्त्याउँछन् ।

सुगरको कूलतः नियमित इनर्जी ड्रिंक्सले सुगर र कफिनको कूलत बढाउँछ ।

मानसिक समस्याः आवश्यकता भन्दा बढी इनर्जी ड्रिंक्स लिँदा मानसिक स्वास्थ्यमा असर पर्छ । डिप्रेसन, नर्भस, स्ट्रेस लगायतका इमोसनल समस्या उत्पन्न हुन्छ ।

वाकवाकीः खाली पेट इनर्जी ड्रिंक्स पिउँदा सुगर वाकवाकी वा वान्ता आउने समस्या हुन्छ ।
दाँतको समस्याः इनर्जी ड्रिंक्सले दातसम्बन्धि समस्या ल्याउछ । दाँतको इनामेल जाने सम्भावना हुन्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको