शिवपुराणमा उल्लेख गरिएअनुसार भगवान् शिवलाई प्रसन्न तुल्याउने उपाय र लाभ यस्ता छन !
बिहिबार, ०८ भदौ २०७४

– नटुक्रिएको चामाल चढाउँदा धन प्राप्त हुने सम्भावना हुन्छ ।
– तिल चढाउँदा पाप नाश हुन्छ ।
– जौं चढाउँदा सुख वृद्धि हुन्छ ।
– गहुँ चढाउदा सन्तान वृद्धि हुन्छ । उपरोक्त अन्न तथा तेल हवन भगवान शिवलाई चढाइसकेपछी गरिब–गुरुवा लाइ बाँडिदिनुपर्छ भन्ने शिवपुराणमा उल्लेख छ ।
कुन द्रव्य चढाउँदा कस्तो फल प्राप्त हुन्छ ?
– शिवलिंगमा जल चढाउँदा ज्वरोमा लाभ हुन्छ, भने सन्तान वृद्धिका लागि पनि यो उपाय उत्तम मानिन्छ ।
– दूधमा सख्खर घोलेर चढाउँदा मतिष्कको क्षमता वृद्धि हुन्छ ।
–उखुको रस चढाउँदा कामना गरिएका सवै प्रकारका आनन्द प्राप्त हुन्छ ।
– गंगाजल चढाउँदा भोग र मोक्ष दुवै प्राप्त हुन्छ ।
– शिवलिंगलाई महले अभिषेक गर्दा क्षयरोग नाश हुने मान्यता छ ।
–शिवलिगंलाई गाईको शुद्ध घिउले अभिसेक गर्ने हो भने मानिसका सवै किसिमका शारीरिक कमजोरी नष्ट हुन्छन भन्ने विश्वास गरिन्छ ।
कुन फूल चढाउँदा कस्तो फल प्राप्त हुन्छ ?
– शिवलिंग सेतो वा रातो आँकको फूल चढाउँदा मोक्ष प्राप्ति हुन्छ ।
– चमेलीको फूल चढाउदा वाहन शुख प्राप्त हुन्छ ।
– आलसको फूल चढाउने मानिस भगवान विष्णुको प्रिय हुन्छ ।
– समीको रुखको पात चढाउँदा सुन्दर एवं ससशील पत्नी प्रात्त हुन्छ ।
– बेलीको फूल चढाउँदा सुन्दर उवं सुशील पत्नी हुन्छिन ।
– जुहीको फूल चढाउँदा घरमा अन्नको कमी हुदैन
– करविरको फूल चढाउँदा नयाँ पोसाक प्राप्त हुन्छ ।
– शिवलिंग लाई पारिजातको फूलले पूजा गर्दा घरमा सुख एवं सम्पत्तिको श्रीवृद्धि हुन्छ ।
– शिवलिंगमा रातो रातो डाँट भएको धतुरो चढाउनुलाई उत्तम मानिएको छ ।
– शिवलिंगमा दुवो चढाएर पूजा गर्दा आयु बढ्छ ।
– साउन महिनाको सोमबार धेरै महिला– पुरुषहरु व्रत बस्छन । व्रत बस्दा शरीरलार्य फाइदा तथा बेफाइदा दुवै हुन्छ ।
– छोटो समयका लागी व्रत बस्नु राम्रो हो , तर लामो समयसम्म व्रत वस्नु स्वास्थ्यका दृष्ट्रि हानिकारक सावित हुन सक्छ ।
– लामो समय भोकै बस्दा पोषण, खनिज, पदार्थ तथा क्योलोरीको कमीका कारण शारीरिक प्रक्रियामा बाधा उत्पन्न हुन्छ, जसले गर्दा संक्रमण तथा रोगको सिकार हुने सम्भावना वृद्धि हुन्छ ।
– तरल पर्दा खासगरी पानी शरीरका लागी अत्यावश्यक तत्व हो । यसले शक्ति प्रदान गर्नुको साथै टक्सिन बाहिर निकाल्ने काम गर्छ । त्यसैले व्रत बस्दा कागती पानी, नरिवल पानी तथा मोही आदि सेवन गरिरहनुपर्छ ।
– व्रत बस्दा दिनभरि साढे १ लिटरदेखि २ लिटरसम्म पानी पिउनु पर्छ ।
– व्रत बस्दा काफिनजन्य पदार्थ जस्तो चिया, कफी वा सफ्ट ड्रिक्स आदिको सेवन नगरेकै राम्रो हुन्छ ।
– समय–समयमा गाजर , क्राँका आदि खान सकिन्छ । टुसा उम्रिएको गेडागुडी बाट भिटामिन सी तथा प्रोटिन पाइने भएकाले व्रत बसेको बेला यस्ता अनाज सेवन गर्नु उपयुक्त हुन्छ ।
– निराहार व्रत नबसी फलफूल खानुपर्छ । यसले शरीरलाई उर्जा प्रदान गर्छ ।
– अंगुर, आरु, मौसम, जुनार, स्याउ , स्ट्रबेरी, नासपती आदि फलपूm शारीरिक एवं धार्मिक हिसाबले लाभदायक मानिन्छन् । व्रतका बेला फलपूmल सेवन गदाृ एक दिनमा १ किालोग्राम पलफूल ३ देखि ५ लगाएर खानुपर्छ ।
– विभिन्न अंगले जुस तथा इन्जाइम उत्पादन गरिरहको हुन्छन । त्यसैले व्रत बस्दा दुई–दुई घण्टाको अन्तरमा फलफुल तथा पानीजन्य पेय पदार्थ खाइरहुनु पर्छ ।
– फलफुल , पानी तथा जुस सेवन गरे व्रत बसेको दिन थकान महसुस नहुनुका साथै शरीरलाई हानी पनि हुँदैन ।
– बिहान जुनार, मौसम, सुन्तला आदि खानु स्वास्थ्यकाल दृष्टिले उपयुक्त मानिन्
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्