तौल घटाउँन चाहनुहुन्छ? बिहानको ८ बज्नअघि गरिसक्नुस् यी ७ काम
बुधबार, ०७ भदौ २०७४

१. मनतातो पानी पिउने – बिहान उठेपछि खाली पेटमा एक गिलास मनतातो पानी पिउँनुहोस । यसले शरीरको टोक्सिन्स बाहिर निस्कन्छ र शरीरमा वोसो घटाउँन मद्दत गर्छ ।
२. बिहानीको घाम – प्रत्येक विहान १५ देखि २० मिनेट घाममा बस्नुहोस्, यसो गर्नाले शरीरमा मेटाबोलिज्म बढाउँन मद्दत गर्छ, जसले तौल नियन्त्रण गर्छ ।
३. ग्रीन टी – बिहान दुधचिया भन्दा ग्रीन टी वा हर्बल–टी पिउँनुहोस् । यसमा रहेको एन्टीओक्सिडेन्ट्सले बोसो घटाउने काम गर्छ ।
४. ३० मिनेट हिड्नुहोस् – बिहानको समयमा ३० मिनेट हिड्ने वा व्यायाम गर्ने गर्नुहोस् । यसले फ्याट बर्न हुने र शरीर ताजा रहन्छ ।
५. कागती पानी पिउने – व्यायामपछि एक गिलास कागती–पानी पिउँनुहोस् । यसले पाचनक्रिया राम्रो र शरीरमा बोसो जम्मा हुने हुँदैन ।
६. १० मिनेट ध्यान – प्रत्येक बिहान १० मिनेटसम्म मेडिटेसन गर्नुहोस् । यसले तनाव कम हुन्छ र तौल नियन्त्रण गर्न मद्दत गर्छ ।
७. खाजामा प्रोटिन खाने – बिहानको खाजामा अन्डा, दुध, ओट्स, सिमीजस्ता प्रोटिनले भरिएका खानेकुरा खानुहोस् । तौल नियन्त्रण गर्न मद्दत गर्छ ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
थप सामग्री
बाहिर निस्केको पेटलाई भित्र पसाउने १२ सजिला घरेलु उपायहरु यस्ता छन्
आजभोली मोटो मानिसको संख्या तेज गतिले बढि रहेको छ । धेरै मानिसहरुले शुरुवातमा मोटोपनमा त्यति ध्यान दिदैंनन् । तर जब...