चाउरीपना घटाउने अचुक उपाय….
बुधबार, ०७ भदौ २०७४

राम्रो बन्न कस्लाई मन लाग्दैन होला र..? तर पनि हाम्रो ब्यस्त जीवन शैलीले गर्दा हामीले आफ्नो सुन्दरताको हेरचाह गर्ने समय पाईरहेका हुदैनौं । यसैले गर्दा हाम्रो अनुहारमा बिभिन्न किसिमका दाग र चाउरीपना देखिन थाल्छ ।
आफुलाई सधैं जवान र राम्रो देख्न चाहनु हुन्छ भने आउनुस यी कुराहरु पढ्नुस.. । स्किन फर्माकोलोजी एंड फोजियोलोजी जर्नलमा प्रकाशित समाचारका अनुसार दुईवटा नयाँ कुरा पत्ता लागेको छ।
नयाँ किसिमको कोलिजन प्रोटीन सप्लीमेन्ट सेवन गर्दा अनुहारको चाउरीपना कम हुन्छ भन्ने कुरा पत्ता लागेको छ। रिसर्चरका अनुसार उक्त प्रोटीन सेवन गर्दा ८ हप्तामा २० प्रतिसत सम्म चाउरीपना कम हुन सक्छ ।
रिसर्चको बेलामा २०० जना महिलालाई वेरिजोल नामको कोलाजन सप्लीमेन्ट खाना दिई परिक्षण गरिएको थियो । यसो गर्दा ४५-६५ बर्षका महिला मध्य ११४ जना को ८ हप्तामा २० प्रतिशत अनुहारको चाउरीपना कम भएको थियो भने बाँकी केहि महिलाको आँखा मुनिको चाउरीपना ५० प्रतिशतले कम भएको थियो ।
रिसर्चरका अनुसार कोलाजन पेप्टाईन हाम्रो शरीरमा बढि मात्रामा हुन्छ त्यसैले यो सप्लीमेन्टको सेवन गर्नाले धेरै एंटीरिंकल उत्पादनमा यसको प्रयोग हुन्छ र नयाँ चाउरीपना आँउन दिदैन। यो एकदमै प्रभावकारी तरिका हो ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्