सावधान ! डब्लु आकारको बसाइ निकै खतरनाक हुन्छ

बिहिबार, ०१ भदौ २०७४

 

एजेन्सी, तपाइँका बच्चाहरु माथि चित्रमा देखाएको जस्तो गरी बस्छन् । यति बस्छन् भने ख्याल गर्नुहोस् । यो बसाइ निकै खतरनाक हुन सक्छ । यस्तो तरिकाले बस्दा भविष्यमाअनेकौं स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छन् । 


यसरी बस्नुलाई डब्लु सिटिङ भनिन्छ । यसमा बच्चाहरु खुट्टालाई यसरी मोडेर बस्छन् कि त्यसले डब्लु आकार बन्छ । बच्चाहरु यसरी बसेको देख्दा पनि आमाबाबुले बेवास्ता गर्छन् । तर, यसले पछि ठूलो खतरा निम्त्याउन सक्छ त्यसैले बच्चालाई यसरी बसेको देख्नासाथ तुरुन्त सिधा गराउनुपर्छ । 

यसरी बस्दा बच्चाको हिप, घुँडा र कुर्कुच्चामा सबस्या आउँछ । यसरी बस्ने बच्चालाई भविष्यमा ढाडको समस्याले पनि सताउँछ । यसरी बस्ने धेरैजसो हड्डीको रोगबाट पीडित हुन्छन् । 

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको