यी १० कारण जसले तपाईलाई असफल बनाउँछ

बिहिबार, ०१ भदौ २०७४

 

सफलतालाई परिभाषित गर्न त्यति सजिलो छैन । सफलता विभिन्न आयामका हुन्छन् । तर, आर्थिक, सामाजिक तथा व्यक्तिगत हिसाबले औसत मानिसभन्दा माथि हुनु नै सफलता हो भन्नेमा दुईमत छैन ।

त्यस्तै क्षमता, सीप र ज्ञान हुँदैमा सबै मानिस सफल बन्न सक्दैनन् । आनीबानी, सोच र जीवनशैलीले मानिस सफल हुन्छ वा हुँदैन भन्ने कुरालाई निर्धारण गरेको हुन्छ । प्रायः मानिसहरू निम्न  १० कारणले असफल भएको उदाहरण हाम्रा वरपर प्रशस्त छन्ः

१. अरुको कुरा नसुन्नु
तपाईको जीवन तपाईंकौ नीजि सम्पत्ति हो, यसमा कुनै शंका छैन । तर तपाईले एउटा सफल जीवन बिताउनुहोस् भनेर इच्छा राख्ने मानिस प्रशस्त हुन्छन् । आफ्ना शुभचिन्तकको सुझाव तथा सल्लाह लिनुपर्छ किनकि प्रायः सफल मानिसहरू अरूको सुझाव तथा सल्लाहलाई सुन्छन् । अनी उनीहरूका वरपर वुद्धिमान र विवेकशील मानिस हुन्छन् । यस्ता मानिसले दिने मार्गदर्शनले नै उनीहरू सफल बनेका हुन्छन् । यदि तपाईले आफ्ना शुभचिन्तकको सल्लाह नलिने बानी छ भने यसलाई आजैबाट हटाउनुहोस् र सफल हुने बाटो रोज्नुहोस् ।

२. अत्याधिक टिभी हेर्नु
टिभी हेर्नु आफैंमा नराम्रो बानी होइन । तर अत्याधिकमात्रामा टिभी हेर्ने बानीले हरेक मानिस अरूभन्दा पछाडि पर्छ । आफूलाई फुर्सद भएको समयमा मात्रै टिभी हेर्ने हो भने यसले सफल हुन योगदान गर्छ ।

३. ढिलो उठ्नु
समय निकै मूल्यवान हुन्छ । यदि मूल्यवान समयलाई सुतेरै खेर फाल्ने हो भने मानिस सफल बन्न कठिन हुन्छ । समयमा सुत्ने र समयमा उठ्ने मानिसको मन, मस्तिष्क र शरीर फूर्तिलो र तेज हुन्छ । यतिमात्रै होइन, बिहान ८ बजे उठ्नुको साटो ६ बजे उठ्ने हो भने हामीसँग अतिरिक्त २ घण्टा समय हुन्छ । यस्तो समयलाई सदुपयोग गर्दा राम्रो नै हुन्छ । त्यसैले ढिलो उठ्ने बानीलाई सुधार गर्नुपर्छ ।

४. जोखिम लिन डराउनु
सफल हुनका लागि जोखिम लिनुपर्छ । तर केही मानिसहरू जोखिम लिन डराउँछन् । कुनै काम गर्नुपूर्व नै नतिजाबारे सोच्ने भएकाले पनि जोखिम लिन डराएका हुन् । यसरी नतिजाबारे पूर्व नै अति सोच्नु गलत हुन्छ । यो बानीलाई सुधार्ने हो भने हामी सफल हुन सक्छौं ।

५. कामलाई पछि धकेल्नु वा भोलि–भोलि भन्नु
मानिसले आज हुने कामलाई भोलि गर्छु भनेर पछि धकेल्ने गर्छन् । एकातिर यस्तो बानीले अमूल्य समयलाई नष्ट गरेको हुन्छ । अर्कोतिर कामको प्रभावकारितामा पनि ह्रास आउँछ । यदि सफल बन्न चाहनुहुन्छ भने यो बानी तत्काल हटाउनुहोस् ।

६. असफल हुन्छु कि भनेर सोच्नु
धेरै मानिसले असफल हुने डरले महत्वपूर्ण कार्य सुरू नै गर्दैनन् । आफ्नो जीवनलाई सुन्दर र शानदार बनाउने यस्ता कार्य नगर्दा मानिस स्वतः पछि पर्छन् । त्यस्तै यदि कुनै कार्यमा असफल भएमा हामीले यसबाट पाठ सिक्दै अघि बढ्नुपर्छ । असफल हुदैमा हरेश खानुहुँदैन ।

७. गलत संगत हुनु
संगतले मानिसको आर्थिक सामाजिक तथा व्यक्तिगत विकासमा अहम् भूमिका खेलेको हुन्छ । जीवनमा सफल हुनका लागि सकरात्मक सोंच भएका मानिसको संगत गर्नुपर्छ । यदि नकरात्मक सोंच भएका मानिसको संगतमा लाग्यौं भने हाम्रो सोंच पनि नकरात्मक बन्दै जान्छ । नकरात्मक सोंच लिएर सफल हुन सकिँदैन । त्यसैले सफल र सकरात्मक सोंच भएका मानिससँग संगत गर्नुपर्छ ।

८. पेशाप्रति सम्मान र सर्मपण नहुनु
आफूले गर्ने कामलाई सम्मान गर्नुपर्छ । र यसप्रति पूर्ण समर्पण हुनुपर्छ । यदि समर्पण र सम्मानबिना नै कुनै पेशामा लाग्यौं भने यसले राम्रो नतिजा दिन सक्दैन । त्यसैले आफू सफल हुन चाहनुहुन्छ भने आफूले गर्ने कामलाई सम्मान गर्नुहोस् र यसका लागि अधिकतम समय खर्च गर्नुहोस् ।

९. उमेरबारे चिन्ता गर्नु
‘म त बुढो भएँ’ भनेर सोच्नु भनेको असफल हुने संकेत हो । मानिसको अनुसार चाउरी पर्दैमा वा कपाल फूल्दैमा ऊभित्रको ऊर्जा, इच्छाशक्ति र जाँगर बुढो भएको हुँदैन । त्यसैले ‘अब बुढो भएँ, केही गर्न सक्दिनँ’ भन्ने सोंच आजैबाट हटाउनुहोस् ।

१०. सरल बाटो रोज्नु
सफलता सजिलै प्राप्त हुने वस्तु होइन । यसका लागि निकै संघर्ष गर्नुपर्छ । र संघर्षको बाटो आफैंमा कठिन हुन्छ । तर केही मानिसहरू भने संघर्षपूर्ण बाटोको साटो सजिलो बाटो अपनाउँछन् । के हामी सजिलो बाटो हिडेर सगरमाथा चढ्न सक्छौं ? अवश्य पनि सक्दैनौं ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको