यस्ता छन् सोयाविन खानुका फाइदा

शनिबार, २८ साउन २०७४

 

एजेन्सी । सोयाविन एउटा यस्तो शाकाहारी भोजन हो जसमा मांसहारमाभन्दा पनि धेरै प्रोटीन र पोषक तत्व पाइन्छ । यसको प्रयोग विभिन्न तरहले समेत हुने गरेको छ । सोयाबिन खानाले तपाई सुन्दर समेत देखिनुहुनेछ । सोयाबिनमा ओमेजा–६, ओमेगा–३, फाइबर जस्ता तत्वहरु रहेका हुन्छन् । यसको प्रयोगले विरामीहरुलाई राहत मिल्छ । जो मानिसहरु बारम्बर सोयाविन खाने गर्छन् उनीहरु छिटो बुढो पनि हुँदैनन् । यसमा भिटामिन वी कम्प्लेक्स र भिटामिन इ प्रचुर मात्रामा हुन्छन् । जसले शरिर निर्माणमा अमिनो एसिड प्रदान गर्छ । यसले हाम्रो शरिरमा उर्जा प्रदान गर्ने काम गर्छ ।
सोयाविन खानुका लाभहरु यस्ता रहेका छन् ।
१. मुटुका रोगीलाई फाइदाजनक
सोयाविनमा कोलस्ट्रोलको कमी भएका कारण मुटु रोगीले सोयाविन खानु राम्रो हुन्छ ।
२. उच्चरक्त चाप
आधा कप रोस्टेड सोयाविन ८ हप्तासँग लगातार खाने हो भने ब्लड क्यानसर कन्ट्रोल हुन्छ ।
३. अनुहारमा सम्बन्धी रोगलाई लाभकारी हुन्छ
यसले शरिरको रगतलाई सफा गर्ने काम गर्छ । एनीमियाबाट बच्न पनि सोयाबिनले मदत गर्छ ।
४. डिप्रेशन कम गर्छ
सोयाबिन खानाले मेमोरी पावर बढ्छ । यसकारण तनाव र चिडचिडापन हट्छ । यसले मनलाई शान्त बनाउँछ ।
५. हड्डीलाई बलियो बनाउँछ ।
यसको लगातार प्रयोगले हड्डीको कमजोरी कम हुन्छ । यसका कारण अस्टियोपोरोसिस रोगको खतरा पनि कम भएर जान्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको