काम गर्न राखेकाे युवतीलार्इ यौन दुर्व्र्यवहार गरेको अाराेपमा मेडीकल सञ्चालक पक्राउ
बिहिबार, २६ साउन २०७४

धरान । आफ्नै मेडिकल हलमा सहयोगीको रुपमा काम गर्दै आएकी एक युवतीलाई यौन दुव्र्यवहार गरेको भन्दै धरान प्रहरीले मेडिकल सञ्चालकलाई प्रक्राउ गरेको छ ।धरान १५ मा सना मेडिकल हल सञ्चालन गर्दै आएका धरान ३ का हेदरखानलाई धरान १५ घर भएकी सोही मेडिकल हलमा काम गर्दै आएकी एक युवतीलाई यौन दुव्वहार गरको आरोपमा प्रहरीले उनलाई प्रक्राउ गरेको हो ।
साउन २१ गतेदेखि काम राखिएकी ती युवतीलाई सञ्चालक खानले त्यसको दुई दिन अर्थात साउन २३ गते अमानवीय व्यवहार गर्दै बलात्कार गर्ने प्रयास गरेको पीडितको आरोप छ । नियन्त्रणमा लिइएका खानलाई प्रहरीले आवश्यक सोधपुद्ध जारी राखेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । खानले आफूले कुनै पनि त्यस्ता खाल्का गतिविधि नगरेको बताउदै आफूमाथि मिथ्या आरोप लगाएको बताएका छन् ।
Source: purbelinews
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्