छ घण्टाभन्दा कम सुत्नेका लागि खराब समाचार

बुधबार, २५ साउन २०७४

काठमाडौं । हामी सामान्यतः ६ देखि ८ घण्टा सुत्नुपर्छ । तर यो भन्दा कम सुत्ने मानिसको जीवन निकै जोखिमपूर्ण हुने एक अध्ययनले देखाएको छ ।

हालै डिजिटल हेल्थ कम्पनी मेडिसिसले गरेको एक अध्ययनले कम सुत्ने कार्य रक्सी जत्तिकै हानिकारक हुने देखाएको हो । यदि हामी ६ घण्टाभन्दा कम सुत्ने हो यसले मोटोपन, डिप्रेशन, मुटु रोग तथा हृदयघात हुने उक्त अध्ययनले बताएको छ ।

साथै कम सुत्नाले हाम्रो मस्तिष्कमा गम्भीर असर पर्छ भनेर उक्त अध्ययनमा उल्लेख गरिएको छ । कम सुत्नाले हाम्रो मस्तिष्क अस्थिर हुने र यसको क्षमतामा पनि ह्रास आउने अनुसन्धानकर्ताले बताएका छन् ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको