कार्बन डाइअक्साइडको बढ्दो प्रभावका कारण खाद्यान्नमा प्रोटिनको कमी

सोमबार, २३ साउन २०७४

 

विश्व तापमान वृद्धिसँगै कार्बन डाइअक्साइडको बढ्दो प्रभावका कारण दैनिक उपभोग्य चामल, गहुँजस्ता कृषि उत्पादनमा पाइने प्रोटिनको मात्रामा पनि कमी आउने अनुसन्धानले जनाएको छ ।
यसैहप्ता सार्वजनिक एक अध्ययन प्रतिवेदनले खाद्यान्न प्रयोगका दृष्टिले अतिसंवेदनशील मानिने गरीबी तथा अशिक्षाको मार खेप्दै आएका जनसङ्ख्याबीच खाद्यान्नमा पाइने प्रोटिनमा कमी आउँदा शारीरिक विकासमा समस्या उत्पन्न हुने तथा अल्पायुमा नै मृत्य हुने विज्ञहरूले चेतावनी दिएका छन् ।
अनुसन्धानकर्ताले कार्बन डाइअक्साइडले कसरी र किन कृषि उत्पादनमा रहेको प्रोटिन तथा अन्य पोषण नष्ट गर्छ भन्ने बिषयमा अनुसन्धान जारी रहेको बताएका छन् । तर यो नै विश्वभरी रहेको जनसङ्ख्याको विनासको परिणाम बन्ने रहस्य अनुसन्धानले बताएको छ ।
वातावरणमा कार्बन डाइअक्साइडको बढ्दो मात्राका कारण सन् २०५० सम्ममा विश्वभर करिब १५ करोड थप जनसङ्ख्यामा प्रोटिनको कमी देखिने इन्भाएरोन्मेन्टल रिसर्च लेटर्स नामक जोर्नलमा प्रकाशित हार्वर्ड यूनिभर्सिटीको अध्ययन प्रतिवेदनमा बताइएको हो ।


यो समूहले पहिलो पटक विश्वव्यापी तापमान वृद्धिको कारण खाद्य बालीमा रहेको प्रोटिनको परिणाम निर्धारणमा अध्ययन गर्ने जिम्मेवारी पाएको थियोे ।
उक्त समूहले खुला क्षेत्रमा गरिएको परीक्षणलाई आधार मान्दा कार्बनडाइअक्साइड बोटविरुवामा बढी केन्द्रित हुने र यसको असर खाद्यान्न बालीमा पनि परेको दावी गरेको छ ।
संयुक्त राष्ट्रसङ्घको विश्व पोषण सूचना केन्द्रलाई कार्बनडाइअक्साइडको कृषि बालीबाट प्राप्त हुने पोषण तत्वमाथि पर्ने असर अध्ययन तथा मापन गर्न आधार बनाइएको र अध्ययनले खाद्यान्न बालीमा हुने प्रोटिनको कमीले गर्दा शारिरीक विकास र अल्पायुमा मृत्यु हुने जनाएको होे ।
यस पहिले गरिएका विभिन्न अधययनले कार्बन डाइअक्साइडका कारण खाद्यान्नबालीमा आइरन, जिङ्क जस्ता मिनरलको मात्रामा पनि कमी आएको बताएका छन् । रासस/ एएफ्पी


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको