भुँडी घटाउन रोटी खाने कि भात ? यस्तो छ डाइटिसियनको जवाफ
शनिबार, १४ साउन २०७४

यदि तपाइँलाई मोटो पनले सताएको छ वा भुँडी लागेर चिन्तित हुनुहनुन्छ भने पक्कै पनि भुँडी घटाउने उपाय खोजिरहनु भएको होला ।
कतिपयले भुँडी घटाउन भन्दै रोटी खाने गर्छन् भने कसैले भातले भुँडी नबढ्ने भन्दै भात खान्छन् । कतिलाई त अझ भात नखाइ पेट नै नभरिने समस्या हुन्छ ।
धेरै मानिसलाई रोटी खाँदा भुँडी घट्छ भन्ने लागेपनि यसबारेमा मानिसहरुलाई स्पष्ट जानकारी छैन । विश्वका चर्चित डाइटिसियनले एक टोकरी ३० ग्राम चामल र ३० ग्राम रोटीले शरीरमा उत्तिकै क्यालोरी दिने भएका कारण यसमा अलमल नपर्न सुझाव दिएका छन् ।
हालै प्रकाशित एक रिपोर्टमा विश्व चर्चित डाइटिसियनहरुले भात र रोटीले उत्तिकै क्यालोरी दिने भएका कारण भात र रोटीले फरक नपार्ने बताएका छन् ।
तर पेटको दृष्टिले रोटीमा फाइबरको मात्रा बढी हुने हुँदा त्यसले पाचनमा सजिलो हुने उनीहरुको भनाइ छ । भातमा भने फाइबरको मात्र हुँदै हुँदैन भन्दा पनि हुन्छ ।
भात खाँदा छिटो भोक लाग्ने र रोटी खाँदा केही समय सम्म भोक नलाग्ने भएका कारण रोटी खानु उचित मानिएको हो । जसलाई भात खाने बानी परेको छ त्यस्ताका लागि भने भातमा फाइबरको मात्रा हुने चिजहरु मिसाएर पकाउनु पर्ने डाइटिसियनको सुझाव छ । चामल र गहुँमा चिल्लो पदार्थको मात्रा भने बराबर हुने डाइटिसियनको भनाइ छ ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्