बैतडीका ६ स्थानीय तहमा नयाँ बैंकका शाखाहरु खुल्ने

आइतबार, ०८ साउन २०७४

 

बैतडीका ६ वटा स्थानीय तहमा नयाँ बैंकका शाखाहरु खुल्ने भएका छन् । वाणिज्य बैंकहरुले स्थानीय तहमा जानका लागि गरेको भागबण्डा अनुसार जिल्लाका ६ वटा नयाँ स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुल्ने भएका हुन् ।

दशरथचन्द नगरपालिका र पाटन नगरपालिकामा भने यस अघि नै विभिन्न सरकारी तथा निजी क्षेत्रका बैंकका शाखाहरुले काम गर्दै आएका छन् ।

पुर्चौडी नगरपालिकामा ग्लोवल आईएमइ बैंक, डिलाशैनी गाउँपालिकामा कुमारी बैंक, मेलौली नगरपालिकामा एनसीसी बैंक, सुर्नया गाउँपालिकामा नेपाल इन्भेष्टमेन्ट बैंक,शिवनाथ गाउँपालिकामा नेपाल एसबीआइ बैंक र सिगास गाउँपालिकामा प्रभु बैंकको शाखा विस्तार हुने जनाइएको छ । दोगडाकेदार गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा कुन बैंक स्थापना हुने भन्ने कुरा खुलाइएको छैन् ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको