राति काम गर्नेहरुको डीएनए मा आउँछ समस्या

बिहिबार, १५ असार २०७४

 
यदि तपाईँ नियमित रुपले नाइट सिफ्टमा काम गर्नुहुन्छ भने सावधान ! किनभने यदि तपाईँ नियमित रुपले नाईट सिफ्टमा काम गर्नु हुन्छ भने तपाईँको शरीरको डीएनए मा समस्या आउन सक्छ । भारतीय मूलका अध्ययनकर्ताको नेतृत्वमा भएको एक अनुसन्धानमा यो कुरा सार्वजनिक भएको हो । अध्ययनकर्ताका अनुसार नाइट सिफ्टमा काम गर्नाले निद्रा लाग्ने हार्मोन मेलाटोनिनको स्रावमा असर पर्छ ।
 
अध्ययनमा भनिएको छ कि रातिको समयमा काम गर्नेहरुमा दिनमा काम गर्नेहरुको तुलनामा पिसाबमा सक्रिय डीएनए तत्नुहरुको मर्मत गर्ने रसायनको उत्पादन कम हुन्छ । यो रसायनलाई 8-oh-dg भनिन्छ । अध्ययनमा भनिए अनुसार यसमा शरीरको कोषहरु नष्ट भएकोलाई मर्मतको क्षमतामा पनि कमी आउने सम्भावना हुन्छ । अध्ययनकर्ताहरुले रातिको समयमा काम गर्ने समयमा निद्राको हार्मोन मेलाटोनिनलाई रातिमा उत्पादनको अपेक्षा दिनको भन्दा कम उत्पादन हुने बताएका छन् ।
 
फ्रेड हचिन्सन क्यान्सर रिसर्च सेन्टर वाशिंगटनका प्रवीन भाटीका अनुसार, ’हाम्रो शरीरको क्रियाकलापले हामीलाई संकेत प्राप्त हुन्छ कि रातिमा सुत्नेको भन्दा रातिमा काम गर्नेहरुमा मूत्र उत्सर्जनमां 8-oh-dg को मात्रामा विशेषगरी कमी आउँछ । यसले मेलाटोनिनको अपर्याप्त स्तरका कारण अक्सीकारक डीएनए को नोक्सान भएको खण्डमा मर्मत गर्ने समयमा पनि कमी देखाउँछ, जसले डीएनए को उच्च स्तरमा पनि नोक्सानी हुन सक्छ ।
 
(एजेन्सीको सहयोगमा)


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको