छोराछोरी कुलतमा फस्ने कारण पहिचान गर्ने तरिका
बुधबार, १४ असार २०७४

नेपालमा विरलै मात्र परिवार लागुऔषधको विषयमा कुरा गर्न वा जान्न चाहन्छन् । अधिकांश परिवार यसलाई गम्भीरतासाथ लिँदैनन् र यसबारे जान्न, बुझ्न चाहँदैनन् । नेपाल सरकार पनि कुनै स्कुल, कलेजमा ड्रग्सबारे अध्यापन गराउने आवश्यकता महसुस गर्दैन । त्यसैले समाजमा ड्रग्सको समस्या बढिरहेको छ । नेपालका कतिपय सहरमा त ६० प्रतिशतभन्दा बढी घरमा यसले प्रवेश पाइसकेको स्थिति छ । कक्षा ८ देखि १२ सम्म अध्ययन गर्ने ठूलो संख्याका छात्रछात्राले गाँजा लिने गरेका छन् । त्यस्तै, उच्च शिक्षा हासिल गर्दै गरेका, डाक्टर, इन्जिनियर, पाइलट पढेका वा पढ्दै गरेका व्यक्ति ड्रग्सको सिकार भइसकेका छन् । नेपालमा करिब दुई लाख व्यक्ति पहिल्यै ड्रग्सको दुव्र्यसनमा परिसकेका छन् । झन्डै थप दुई लाख विद्यार्थीले ड्रग्स लिन सुरु गरिसकेका छन् र तीमध्ये धेरै दुव्र्यसनी हुने पक्का छ । यस्ता व्यक्तिले उपचार नपाए ज्यान गुमाउनु त पर्छ नै, बाँचुन्जेल पनि घरपरिवार र समाजलाई हदैसम्मको दुःखसमेत दिनेछन् । त्यस्तै, ड्रग्सकै पीरले मर्ने, बौलाउने, डिप्रेसन, सुगर, हृदयरोगको सामना गर्नुपर्ने थुप्रै अभिभावक पनि थपिने क्रममा छन् ।
समाजमा ८० प्रतिशत अपराधका र घरायसी हिंसाका ९० प्रतिशत कारक तत्व ड्रग्स नै हुने गर्छ । यसकै कारण एचआइभी, हेपाटाइटिस सी, पेन्क्रियाजको समस्यालगायत अनेकौँ रोगको संक्रमण हुने गर्छ । ड्रग्सको समस्या आफ्नो घरको समस्या होइन भन्ने अभिभावकहरूको भ्रम भएको घरमा नै यस्तो समस्या देखिन सक्छ । त्यसैले हरेक अभिभावकले आफ्ना छोराछोरी के गर्दै छन्, संगत कस्तो छ भन्ने विषयमा निगरानी राख्नुपर्छ । छोराछोरी विनाकारण दुब्लाउँदै गएका छन्, रातमा अबेरसम्म नसुत्ने र बिहान अबेरसम्म नउठ्ने भएका छन्, पढाइ, व्यवसायमा पहिलाभन्दा कमजोर हुने वा जागिरमै नजाने गरेका छन् भने विशेष ध्यान दिनुपर्छ । कुलतमा फसेका व्यक्तिको व्यवहार विल्कुलै पिरवर्तन हुने तथा पहिलाकै व्यक्ति हो भनेर पत्याउनसमेत गाह्रो हुने हुन्छ । पहिला हाँस्ने, खेल्ने, रमाइलो गर्ने, परिवारसँग बस्न रुचाउने व्यक्ति पनि ड्रग्सकै कारण एक्लै बस्न रुचाउने हुन्छ ।
समाजमा ८० प्रतिशत अपराधका र घरायसी हिंसाका ९० प्रतिशत कारक तत्व ड्रग्स नै हुने गर्छ । यसकै कारण एचआइभी, हेपाटाइटिस सी, पेन्क्रियाजको समस्यालगायत अनेकौँ रोगको संक्रमण हुने गर्छ ।
अभिभावकसँग पनि बढी पैसा माग्न थाल्ने, साथीहरूको घरमा रात बिताउने, अरूलाई आफ्नो कोठामा धेरै ल्याउने, अभिभावकलाई विभिन्न दोष लगाउने पनि गर्छन् । कुलतमा फसेका व्यक्ति अन्यसँग आँखा जुधाएर कुरा गर्दैन । घरमा पाहुना आए सामना गर्दैन । कहिलेकाहीँ एक्लै कुरा गरेझैँ गर्छ र स्वास्थ्य अवस्था पनि कमजोर हुँदै जान्छ । यस्तो देखिएमा पिसाब परीक्षण गरी यकिन गर्नु उपयुक्त हुन्छ ।समाजमा ड्रग्स सेवन गर्नेको संख्या बढ्दै जानुको प्रमुख कारण सरकार संवेदनशील नहुनु तथा स्कुल, कलेज, समाजले यसलाई समस्याको रूपमा स्वीकार नगर्नुले पनि हो । त्यस्तै, सेवन गर्ने व्यक्तिलाई यसको खतरनाक परिणामको ज्ञान नहुनु पनि हो ।
आफ्नो स्कुल, कलेजमा गाँजा खाएको देखेर पनि संस्थाको इज्जत जान्छ भनी चुपचाप राख्ने प्रवृत्तिले समस्या झन् बल्झाएको छ । त्यस्तै, आफ्नो टोलका पार्क, मठमन्दिर, पुल, खाली खेत र झाडीहरूमा हुलका हुल व्यक्तिले ड्रग्स लिँदै गरेको देख्दा पनि यो मेरो घरको समस्या होइन भन्ने प्रवृत्ति कायम छ । विवाह, व्रतबन्धमा अल्कोहल खुवाउने प्रवृत्तिले पनि यसलाई बढावा दिएको छ । ड्रग्सका विरुद्ध लड्न विभिन्न पुस्तकहरू अध्ययन नगर्ने, ड्रग्सविरुद्धका अभियानमा सरिक नहुने र आफैँलाई आपत् परेपछि मात्र सहयोग माग्ने चलन छ । लागुऔषधविरुद्ध लडिरहेका सामाजिक संस्थाहरूलाई सरकार र समाजले पनि सहयोग गर्नुपर्छ । आफ्नो घर, समाज, शैक्षिक संस्था, कार्यालय र देशलाई लागुऔषधमुक्त बनाउन आ–आफ्नो ठाउँबाट सहयोग गरौँ । आउने पुस्तालाई ड्रग्समुक्त समाजमा हुर्कन, बढ्न सक्ने वातावरण दिऔँ ।
Source: Enayapatrika
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्