फिजियोेथेरापी उपचार: ढाड दुखाइका लागि प्रभावकारी...
बिहिबार, ०१ असार २०७४

ढाड दुख्ने समस्याले धेरैलाई सताएको हुन्छ । ढाड दुख्ने कारण पनि धेरै छन् । ढाड किन दुख्छ । र, फिजियो थेरापिबाट ढाड दुखाई कसरी कम गर्न सकिन्छ ? फिजियोथेरापिष्ट डाक्टर शुष्मा दानी... विशेष औजारको सहायताले शरीरिक कसरतबाट रोग निदान गर्ने उपचार पद्धतिनै फिजियोथेरापी हो । यसमा कुनै शल्यक्रिया वा औषधिको प्रयोग गरिँदैन । यसबाट रोग निदान वा कमी हुन केही समय लागे पनि प्रतिफल राम्रो हुन्छ । फिजियोथेरापीबाट धेरै रोगको उपचार गरिन्छ । ढाड दुखाईको उपचार फिजियो थेरापीबाट निकै प्रभावकारी हुन्छ ।
विशेषत ढाड दुख्ने कारण यस्ता छन्:
- नशा च्यापिँदा ।
- हड्डी खिइँदा ।
- मासंपेशीमा कुनै समस्या आउँदा ।
- ढाडमा चोटपटक लाग्दा ।
नशा च्यापिँदा तथा हड्डी खिइएको लागि शल्यक्रिया वा अन्य उपचार पद्धति अपनाउँदा महंगोको साथै त्यसको साइडइफेक्ट पछि सम्म पर्न सक्छ । तर विशेषज्ञद्धारा थेरापीबाट उपचार गर्दा त्यस्तो प्रभाव पर्दैन । फिजियोथेरापिष्टले रोगको प्रकृति हेरी आवश्यक औजारको सहायताले ढाड दुखाईको उपचार गर्छन् । यस उपचार पद्धतिबाट उपचार गर्दा अलि लामो समय त लाग्न सक्छ ।
तर भविष्यमा परिणाम भने प्रभावकारी आउँछ । अधिकांश मानिसले सहन सकुञ्जेल ढाड दुखाईको उपचारमा ध्यान दिएको पाइँदैन । यसलाई सामान्य रुपमा लिदा अन्ततः गम्भीर अबस्था नआउँला भन्न सकिन्न ।
पछिल्लो समय फिजियोथेरापी प्रति आकर्षण बढ्दो छ । तर थेरापी पुरै समय नगर्ने र गरिहाले पनि विशेषज्ञको परामर्शमा सचेत नहँुदा यसको प्रभावकारी नतिजा नआएका उदाहरण धेरै छन् । यसतर्फ आवश्यक सचेतता अपनाउनु पर्छ ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्