घुर्ने समस्याको समाधान
बुधबार, २४ जेठ २०७४

सबैभन्दा पहिला समस्या भएको व्यक्ति स्वयंले नियन्त्रणको कोसिस गर्नुपर्छ ।
शरीर मोटो भएका व्यक्तिले आफ्नो वजन कम गराउनैपर्छ ।
घुर्ने मानिस उत्तानो सुत्नु हुँदैन । शारीरिक व्यायाममा जोड दिनुपर्छ ।
यस्तो समस्या भएका मानिस कोल्टे परेर मात्रै सुत्ने बानी गर्दा पनि केही हदसम्म सुधार हुन्छ ।
मुख्यतः राति खाना खाँदा धेरै मसला हालेर, चिल्लो, पिरो, धूम्रपान तथा मद्यपान गर्नु हुँदैन ।
घुर्ने समस्या भएका मानिसमा टन्सिल भएको खण्डमा त्यो टन्सिललाई काटेर फाल्नैपर्ने हुन्छ ।
अहिले सिपाप भन्ने मेसिन आएको छ । यसको प्रयोग पनि उपचारको उत्तम उपाय हो । घुर्ने समस्याको उपचार विधि भनेकै सिपाप हो ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्