जीवनमा सबैभन्दा बढी प्रभाव रातो रंगको
बुधबार, २४ जेठ २०७४

रातो रंग सबैभन्दा प्रभावशाली रंग नै हो । यसले कार्यालयको काम देखि तपाइँको निजी सम्बन्धमा समेत प्रभाव पार्छ । शोधकर्ताहरुले रातो रंगले जीवनमा प्रभाव बारे अध्यन गरेर नयाँ तथ्य सार्वजनिक गरेका छन् । जीवनमा सबैभन्दा शक्तिशाली रंग रातो रहेको उनीहरुको निष्कर्ष छ ।शोधकर्ता डेविड रोबस्नका अनुसार रातो रंगले हरेक ठाउँमा विशेष प्रभाव राख्छ ।
महिलाको कामुकता देखि यौन सुःख सम्म सबैमा रातो रंगको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ छ ।रातो रंगले मानिसको मुड र विचारमा समेत गहिरो प्रभाव पार्ने पाइन्छ । रातो रंगले हाम्रो शरीरमा हर्मोन सन्तुलन र खेल मैदानमा समेत प्रभावित पार्ने बताइन्छ ।कुकरसहित धेरै स्तनधारी प्राणीहरु रातो रंग छुट्टाउन सक्दैनन् ।
पूर्वजहरुले शिकार गर्दा विकाश भएको शारीरिक परिवर्तनका कारण अहिले हाम्रो अनुहारमा रिस उठेको बेला रातो रंगको मात्रा बढ्ने अवस्था आएको बैज्ञानिकहरु बताउँछन् ।युनिभर्सिटी अफ डरहमका मनोबैज्ञानिक रसेल हिल तथा रोबर्ट बार्टनले लामो अध्यनपछि यस्तो निष्कर्ष निकालेका हुन् ।उनीहरुले सन् २००४ मा ओलम्पिक खेलमा सहभागी खेलाडीहरुमाथि अध्यन गर्दा रातो रंगका जर्सी लगाएका खेलाडीले जित्ने सम्भावना बढी हुने तथ्य समेत पत्ता लगाएका थिए ।त्यसैगरी फुटवल खेलमा रातो रंगको जर्सी लगाएका खेलाडीहरुले पेनाल्टी सुटआउटमा गोल गर्ने सम्भावना बढी हुने अध्यनको निष्कर्ष छ ।रातो रंग आक्रामकताको संकेत पनि मानिन्छ । अनुहार रातो हुँदा रिस वा उत्तेजना भएको बुझिन्छ ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्