व्यायाम गर्ने समय यी गल्ती कहिल्यै नगर्नुस् !

शनिबार, २० जेठ २०७४

 

के तपाईँ चाहनुहुन्न ! जब तपाईँ व्यायाम गर्नुहुन्छ त्यसको पुरा फाइदा तपाईँलाई पुगोस् ? यदि तपाई व्यायामको पुरा फाइदा लिन चाहनु हुन्छ भने व्यायामको समय आफ्नो स्मार्टफोन बन्द गरिदिनुहोस । 

 

एक अध्ययनका अनुसार, व्यायामको बेला मोबाइलमा कुरा गर्नाले वा म्यासेजमा कुरा गर्नाले व्यायामको प्रवलता र त्यसको फाइदालाई कम गरिदिन्छ । 

 

अमेरिकाको हाइरम कलेजका असिस्टेन्ट प्रोफेसर माइकल रेबोल्डका अनुसार, लगातार म्यासेज टाइप गरिरहनु र मोबाइलमा कुरा गर्ने एक व्यक्तिको दिनचर्यामाथि व्यापक असर गर्छ ।

 

रेबोल्डले भने, ‘व्यायामको बेला जब हामी मोबाइलको प्रयोग गर्छौँ तब ध्यान दुई तिर बाँडिन्छ । जसले व्यायामको पुरै फाइदा प्राप्त हुँदैन र कतिपटक चोट लाग्ने र खुट्टा मोडिने खतरा पनि हुन्छ ।’ अर्कोतर्फ व्यायामको समय गितसंगित सुन्नु राम्रो हुन्छ ।

 

अध्ययनमा भनिएको छ ,

व्यायामको समय गितसंगित सुन्नाले ध्यान केन्द्रित गर्नमा सजिलो हुन्छ । जसले तपाईँलाई व्यायाम गर्न सजिलो र त्यसको पूर्ण फाइदा प्राप्त हुन्छ ।


(एजेन्सीको सहयोगमा)
 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको