गर्मीबाट अाजित हुनुहुन्छ, यी चिजहरु खानुहोस्
शनिबार, २० जेठ २०७४

यतिबेला गर्मीले सबैलाई सताइराखेको छ । यस्तोमा पानी नै सबैभन्दा सर्वाेत्तम विकल्प हो ।
तर गर्मीयाममा शीतलताका लागि अरु थुप्रै चिजहरु पनि छन्, जुन हामी बताउन गइरहेका छौं–
१. खर्बुजा
गर्मी महिनामा खर्बुजालाई सबैले रुचाउने गरेका छन् । यसमा ९७ प्रतिशतभन्दा बढि पानीको मात्रा हुने गर्दछ । तसर्थ यसको प्रयोगले शरीरलाई शीतल राखिराख्न मद्दत गर्दछ ।
२. काँक्रो
अर्काे गर्मीयाममा महत्वपूर्ण भनेको काँक्रो पनि हो । यसमा विभिन्न पोषणका साथै शीतल प्रदान गर्ने तत्व पनि हुने गर्दछ । दैनिक रुपमा यसको प्रयोग गर्ने हो भने गर्मीयाममा छट्पटाउनु पर्दैन ।
३. कागती
कागतीलाई पनि गर्मीयाममा विशेष रुचाइन्छ । यद्दपि कागती हर मौसमका लागि उपयुक्त मानिन्छ । यसले शरीरलाई चाहिने अमिलोको मात्रालाई पनि पूर्ति गर्ने गर्दछ । यसले खानालाई पचाउन मद्दत गर्नुको साथै कब्जियत हुनबाट पनि जोगाउने गर्दछ ।
४. नरिवलको पानी
नरिवलको रस पनि गर्मीमा उपयुक्त विकल्प मानिन्छ । यसमा भएको पानी पौष्टिकपूर्ण त छँदैछ यसले शीतलता पनि मद्दत गर्दछ । साथै हाम्रो शरीरको तापक्रमलाई नियन्त्रणमा राख्न सहयोग गर्दछ ।
५. हरियो सागसब्जी
हरियो सागपात पनि गर्मीयामको उचित आहार हुनसक्छ । हरियो सागपात स्वास्थ्यवद्र्धकका साथै शीतलता र पौष्टिकताको प्रतिक पनि हो
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्