राती अबेरसम्म फोन चलाएर बस्नुहुन्छ ? सावधान ! विहान उठ्दा नोक्सानी हुन सक्छ
बिहिबार, ११ जेठ २०७४

एजेन्सी । पछिल्लो समयमा सबैको हातहातमा स्मार्टफोन हुने र त्यसको प्रयोग पनि राती अबेरसम्म नै हुनेगर्छ । अहिलेका युवायुवतीहरु मोबाईल बिना एकैछिन पनि बस्दैनन् । राती अबेरसम्म मोबाईल चलाएर बस्छन्। एक अनुसन्धानबाट राती ९ बजेपछि स्मार्टफोन चलाउने ब्यक्तिलाई अर्को दिन विहान उठेपछि कार्यक्षमता र रचनात्मकतामा ठुलो प्रभाव पर्ने रहस्य पत्ता लागेको छ।
यूनिभर्सिटी अफ वाशिंगटन फोस्टर स्कूल अफ बिजनेसका शोधकर्ता क्रिस्टोफर बेन्सले रातीति अवरेसम्म मोबाईल प्रयोग गर्नेहरुको अर्को दिन कार्यक्षमता घट्ने दावी गरेका छन्।
फोनमा राती अबेरसम्म फफिसको काम, नेट चलाएर या अन्य कुनै काम गर्नेहरुको दिमागमा अधिक बोझ हुने र अर्को दिन कार्यक्षमता कम हुने देखाएको छ । शोधकर्ताहरुका अनुसार रातीअबेर सम्म फोन प्रयोग गर्नेहरुमा निन्द्रामा पनि समस्या देखिन सक्छ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्